२०८२ असार २० शुक्रबार
Jhapa Today
Adv top

नौगेडी चोर्ने गौरादहका सापकोटा पक्राउ


दमक, असार १८ । झापाको गौरादहमा गहना चोरी गर्ने एकजना युवालाई प्रहरीले पक्राउ गरेको छ । उनी गौरादह आसपासका क्षेत्रमा चोरी कार्यमा संलग्न हुँदै आएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा गौरादह ४ डोकेचोकका २७ वर्षीय मातृका भन्ने ईश्वर सापकोटा रेका छन् । उनले चोरी गरेको भन्ने शंका लागेर खानतलासी गर्दा उनले पोतेबाट नौगेडी निकालेर राखेको अवस्थामा भेटिएको थियो ।

डोकेचोक बस्ने ८८ वर्षीया मनमाया बोहोराले आफ्नो घरभित्र राखेको १२ आना सुनको नौगेडी पोते चोरी भएपछि प्रहरी चौकी महारानीझोडामा जानकारी गराएकी थिइन् ।

पक्राउ परेका सापकोटालाई इलाका प्रहरी कार्यालय दमकमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Adv footer