
बिर्तामोड, असार १८ । सिद्धार्थ बैंक लिमिटेड शाखा बिर्तामोड झापाले बिर्तामोड उद्योग वाणिज्य संघलाई डस्टबिन प्रदान गरेको छ । संघमा भएको एक कार्यक्रमका बीच डस्टबिन हस्तान्तरण गरियो ।


सिद्धार्थ बैंक लिमिटेड शाखा बिर्तामोड झापाले सामाजिक उत्तरदायित्व बहन गर्दै ४५ थान डस्टबिन हस्तान्तरण गरेको हो ।


सिद्धार्थ बैंक लिमिटेड कोशी प्रदेश तथा बिर्तामोड शाखा प्रमुख सुवास श्रेष्ठले बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेलाई डस्टबिन हस्तान्तरण गरेका थिए ।


सिद्धार्थ बैंकले प्रदान गरेको डस्टबिन बिर्तामोड नगरलाई स्वच्छ सफा राख्न मद्दत पुग्ने संघका अध्यक्ष राजु न्यौपानेले बताए ।
उनले बिर्तामोडका विभिन्न स्थानमा डस्टबिन राखिने बताउँदै आगामी दिनमा पनि सिद्धार्थ बैंकबाट यस्तै सहयोगको अपेक्षा गरे ।


कार्यक्रममा सिद्धार्थ बैंक लिमिटेड कोशी प्रदेश प्रमुख श्रेष्ठले संस्थागत सामाजिक उत्तरदायित्व कार्यअन्तर्गत बिर्तामोड उद्योग वाणिज्य संघलाई डस्टबिन वितरण गरेको बताए ।

बिर्तामोड उद्योग वाणिज्य संघले गरेको सरसफाइ अभियानमा साथ दिन आफूहरूले डस्टबिन वितरण गरेको उनले बताए । कार्यक्रमको सहजीकरण महासचिव कुशल खतिवडाले गरेका थिए ।

यसैबीच, संघलाई डस्टबिन प्रदान गरेर वातावरण स्वच्छ राख्ने अभियानमा सहयोग पु¥याएको भन्दै बैंकलाई कदरपत्रद्वारा सम्मान गरिएको थियो ।