२०८२ असार २५ बुधबार
Jhapa Today
Adv top

इलाममा बस र ट्याक्सी जुध्दा झापाका दुईजना घाइते


बिर्तामोड, असार २५ । इलामको माई नगरपालिकामा बस र ट्याक्सी एकापसमा जुध्दा झापाका दुईजना यात्रु घाइते भएको प्रहरीले जनाएको छन् ।

माई ३ हात्तीछिरास्थित चिसापानी–बिर्तामोड सडकखण्डमा आज बिहान ७ः३५ बजे बिर्तामोडबाट चिसापानीतर्फ जाँदै गरेको मे. १ ज ३०९३ नम्बरको बोलेरो ट्याक्सी र विपरीत दिशाबाट आउँदै गरेको प्र १–०१–००१ ख ४१६२ नम्बरको बस एकआपसमा ठक्कर खाई दुर्घटना भएको हो ।

दुर्घटनामा ट्याक्सीमा रहेका दुईजना घाइते भएका हुन् । घाइते हुनेहरुमा बिर्तामोड ५ बस्ने ५२ वर्षीया देवकुमारी भट्टराई र अर्जुनधारा २ खुदुनाबारी बस्ने ३८ वर्षीय प्रकाश थापा रहेका छन् ।

उनीहरुलाई माई अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड ल्याइएको छ । बस चालक इलाम माई ८ बस्ने ३२ वर्षीय धनबहादुर तामाङलाई उपचारमा संलग्न हुने गरी पठाइएको छ ।

ट्याक्सी चालक पाँचथर फाल्गुनन्द ३ बस्ने ३१ वर्षीय देउवीर तामाङलाई केही नभएको प्रहरीले जानकारी दिएको छ ।

ट्याक्सीको अगाडिको भागमा क्षति भएको र दुवै सवारी साधन प्रहरी चौकी दानाबारीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

Adv footer