२०८२ असार २९ आइतबार
Jhapa Today
Adv top

तोलामा ११ सय बढ्यो सुन, चाँदीमा नयाँ रेकर्ड


बिर्तामोड, असार २९ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलाको एक लाख ९२ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला एक लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको हो । आज सुनको मूल्य तोलामा ११ सय रुपैयाँले बढेको हो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ ।

आज चाँदी दुई हजार २८५ रुपैयाँमा कारोबार भइरहेको छ । आज प्रति १० ग्राम सुनको मूल्य एक लाख ६५ हजार ३८० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ९ सय ५९ रुपैयाँ कायम भएको छ ।

Adv footer