२०८२ असार ३० सोमबार
Jhapa Today
Adv top

बिर्तामोडमा टिभिएस एक्सचेञ्ज म्यानिया साउन २ गतेसम्म


बिर्तामोड, असार ३० । झापाको बिर्तामोडमा जारी ‘टिभिएस मनसुन प्लान्टेसन एक्सचेञ्ज म्यानिया’मा ग्राहकको अत्यधिक चाप र सकारात्मक प्रतिक्रिया प्राप्त भएपछि कार्यक्रमको अवधि थपिएको छ ।

अब यो एक्सचेञ्ज मेला असार २९ गतेदेखि साउन २ गतेसम्म सञ्चालनमा रहने बिर्तामोडस्थित टिभिएसको आधिकारिक बिक्रेता पाथिभरा अटो लिंकका सञ्चालक सजेश शिवाकोटीले जानकारी दिए ।

यसअघि असार ८ गतेदेखि १३ गतेसम्म सञ्चालनमा आएको उक्त कार्यक्रममा असार १८ गतेसम्म थप गरिएको थियो । सो कार्यक्रमअन्तर्गत दुई दिनमा ३२ वटा मोटरसाइकल तथा स्कुटरको सफल बिक्री तथा एक्सचेञ्ज भइसकेको अटो लिंकका सञ्चालक याम कार्कीले जानकारी दिए ।

उनका अनुसार टिभिएसका मोटरसाइकल र स्कुटरप्रति ग्राहकको उत्साहजनक सहभागिता र थप बुकिङहरूका कारण कार्यक्रमको म्याद थप गरिएको हो ।

नेपालका लागि टिभिएस ब्रान्डको आधिकारिक वितरक जगदम्बा मोटर्सको सहकार्यमा आयोजित यस मेलामा जुनसुकै पुरानो मोटरसाइकलमा न्यूनतम ३० हजारको मूल्याङ्कन गरिनुका साथै वास्तविक मूल्यका आधारमा थप मूल्याङ्कन सुविधा पनि उपलब्ध छ ।

यो मूल्याङ्कन अहिलेसम्मकै उच्च रहेको बताउँदै जगदम्बा मोटर्सका रिलेसनसिप म्यानेजर अमृत चौहानले ग्राहकहरूलाई यो अवसरको अधिकतम उपयोग गर्न समेत आग्रह गरे ।

कार्यक्रमअन्तर्गत नयाँ मोटरसाइकल तथा स्कुटर खरिदमा कम्तिमा आठ हजार रुपैयाँसम्मको नगद छुट, शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दी सुविधा साथै निःशुल्क हेलमेट, बाइक कभर र ब्याग समेत प्रदान गरिनेछ ।

साथै, ‘मनसुन प्लान्टेसन एक्सचेञ्ज म्यानिया’ सामाजिक उत्तरदायित्वअन्तर्गत वृक्षारोपण कार्यक्रम पनि सञ्चालन गरिएको छ । जसअनुसार टिभिएसका ग्राहकले कम्तिमा एक बिरुवा रोपेर सामाजिक सञ्जालमा पोस्ट गर्न सक्नेछन् ।

सहभागीहरूमध्ये १० जनालाई लक्की ड्रमार्फत ५ वर्षसम्मको सडक कर छुट प्रदान गरिने रिलेसनसिप म्यानेजर चौहानले जानकारी दिए ।

यस एक्सचेञ्ज म्यानिया अवसरलाई भरपुर उपयोग गर्न ग्राहकका लागि यो अन्तिम अवसर हुने समेत सञ्चालक शिवाकोटीले जानकारी दिए ।

Adv footer