२०८२ साउन ४ आइतबार
Jhapa Today
Adv top

माईखोलामा बाढीको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह


बिर्तामोड, साउन ४ । कनकाई र मैनाचुली जल मापन केन्द्रमा शुक्रबार बिहान ५ः३० बजे लिइएको विवरणअनुसार कनकाई माई खोलाको जल सतह सतर्कता तहको आसपासमा पुगेको छ ।

जल तथा मौसम विज्ञान विभागले आइतबार आज बिहान सूचना जारी गर्दै जल सतह अझै बढ्दो क्रममा रहेकाले सतर्क रहन आग्रह गरेको छ ।

विभागका अनुसार नदी तटीय क्षेत्रहरू तथा डुबान भइरहने होचो भूभागमा दिउँसोसम्म विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ ।

हाल देशका विभिन्न स्थानहरुमा भारी वर्षा भइरहेकाले बाढी पहिरो तथा डुबानको सम्भावना रहेको विभागले जनाएको छ । कनकाईको बढीले झापाका कनाकाई नगरपालिका, झापा गाउँपालिका लगायतका क्षेत्रमा असर गर्छ ।

Adv footer