२०८२ साउन ४ आइतबार
Jhapa Today
Adv top

माईखोला गाउँ पस्यो, १२ घर डुबानमा


बिर्तामोड, साउन ४ । झापाको झापा गाउँपालिकाकामा कनकाई माई नदीमा आएको बाढी गाउँ पसेको छ । बाढीले बस्ती डुबानमा परेको छ । अहिले केही डुबान केही घटेको छ ।

माईखोलाको बाढी झापा गाउँपालिका वडा नम्बर-२ को सुगाबथान र कुवाडी बजारमा प्रवेश गरेको हो । सुगाबथानका जेठा टुडू, ताला सोरेन, लिलमुनि टुडू, मण्डल टुडू, सुकदेव टुडू, साएकला टुडू, साइबा टुडूको घर डुबानमा परेको छ ।

हिजो रातिदेखि परेको अविरल वर्षाका कारण उनीहरुको घरमा डेढ–दुई फुट पानी जमेको थियो । त्यस्तै, कुवाडी बजारमा पनि पानी पसेको छ । अहिलो दिउँसो पानी घट्दै गएको छ ।

त्यस्तै, कनकाई माईकै बाढीले शिवसताक्षी-५ भेलामुनीमा डुबान गरेको छ । भेलामुनीका पाँच घर डुबानमा परेको शिवसताक्षी-५ का वडा अध्यक्ष सिकिन पासवानले बताए ।

बाढी गाउँ पस्दा बोधनाथ बिमली, विपिन राई , बाङठु ताजपुरिया, खोजे ताजपुरिया र रेमेतुन राजवंशीको घर डुबानमा परेको हो । त्यहाँ एउटा मन्दिर जोखिममा परेको वडा अध्यक्ष पासवानले जानकारी दिए ।

बाढीले किसानको सयौँ बिघा जमिन डुबानमा परेको जनाइएको छ । बाीनाली नष्ट भएको छ ।

Adv footer