बिर्तामोड, साउन ४ । झापाको कमल गाउँपालिका २ मा रहेको कमल खोलाले बगाएर एक वृद्धको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।


मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका-१ बस्ने ८० वर्षीय प्रभाखर पोखरेल रहेका छन् । उनलाई आज बिहान कमल खोलाले बगाएको हो ।

प्रहरीका अनुसार आज दिउँसो अन्दाजी १ बजे कमल खोलाको पुलमुनि पोखरेलको शव पानीले बगाएर ल्याएको थियो ।

स्थानीयले खबर गरेपश्चात पुगेको प्रहरी टोलीले अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा गरेर शव पोस्टमार्टमको लागि दमक अस्पताल पठाएको जनाएको छ ।
