२०८२ साउन ५ सोमबार
Jhapa Today
Adv top

बिर्तामोडको प्लाई उद्योगले असर गरेको भन्दै ध्यानाकर्षण


बिर्तामोड, साउन ५ । झापाको बिर्तामोड–९ मा रहेको सिद्धिविनायक प्लाई उद्योगबाट फैलिएको प्रदूषणले स्वास्थ्यमा असर पुगेको भन्दै स्थानीयबासीहरुले ध्यानाकर्षण गराएका छन् ।

बस्तीको नजिकै रहेको प्लाई उद्योगबाट निस्किने धूँवाले मानव स्वास्थ्य र वातावरणमा असर परिरहेको भन्दै उनीहरुले बिर्तामोड नगरपालिका र ९ नम्बर वडा कार्यालयको ध्यानाकर्षण गराएका हुन् ।

प्रभावितहरुले ध्यानाकर्षण गराएपछि बिर्तामोड नगरपालिकाका नगर उपप्रमुख नगेन्द्र संग्रौला र वडाका जनप्रतिनिधिहरु वस्तुस्थिति बुझेको जनाइएको छ ।

उपप्रमुख संग्रौलाले अध्ययन टोली खटाएर सत्यतथ्य बुझ्ने आश्वासन दिएका छन् । नगरपालिकाले स्थानीयबासीलाई लिखित प्रतिबद्धता भने केही नदिएको बताइएको छ ।

बिर्तामोड–९ का स्थानीय बासिन्दाहरूले सिद्धिविनायक प्लाई उद्योगबाट फैलिएको वायु तथा ध्वनि प्रदूषणका कारण आफ्नो स्वास्थ्य र दैनिकीमा गम्भीर असर परेको गुनासो गर्दै आएका छन् ।

Adv footer