२०८२ साउन ५ सोमबार
Jhapa Today
Adv top

ब्राउन सुगर बेच्न दमक आएका भारतीय पक्राउ


बिर्तामोड, साउन ५ । झापाको दमकमा लागुपदार्थ बेच्न भारतबाट आएका एकजना भारतीय कारोबारी ठुलो मात्रामा ब्राउन सुगरसहित पक्राउ परेका छन् ।

दमक-५ स्थित मेची स्टोर अगाडि सडकमा शंकास्पद अवस्थामा हिँडिरहेका भारत बिहार राज्य कटिहार जिल्ला बस्ने २८ वर्षीय सुरजकुमार साहलाई हिजो दिउँसो पक्राउ गरिएको हो ।

उनको साथबाट ४२ ग्राम १७ मिलिग्राम ब्राउन सुगर, विभिन्न दरका नेपाली रुपैयाँ जम्मा ३७ हजार ९००, डिजिटल तराजु, मोबाइल र उनको परिचयपत्र खुल्ने कागजात फेला परेको थियो ।

साहलाई इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

शंकास्पद अवस्थामा हिँडिरहेको बेला प्रहरीले जाँच गर्ने क्रममा उनले ब्यागभित्र प्लास्टिकको बट्टामा लुकाएर राखेको ब्राउन सुगर फेला परेको थियो । उनी अरुबेला पनि झापा आइरहने बताइएको छ ।

Adv footer