
बिर्तामोड, साउन ५ । झापाको मेचीनगरका एक व्यक्ति गाँजासहित घरबाटै पक्राउ परेका छन् । उनलाई हिजो साँझ प्रहरीले पक्राउ गरेको हो ।


गाँजासहित पक्राउ पर्नेमा मेचीनगर-३ दोकानडाँडाका ४३ वर्षीय हरिलाल न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीले गोप्य सूचनाको आधारमा न्यौपानेको घरमा गाँजा लुकाएर राखेको थाहा पाएपछि प्रहरी चौकी नकलबन्दाको प्रहरी टोलीले खानतलासी गरेको जनाएको छ ।

प्रहरीका अनुसार न्यौपानेको घरको बाथरुममा बोराभित्र गाँजा फेला परेको थियो । सो गाँजा १ केजी ५२८ ग्राम रहेको छ ।

न्यौपानेलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा ल्याएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
