२०८२ साउन १२ सोमबार
Jhapa Today
Adv top

दमकमा घरअगाडि पिसाब गर्दा विवाद, तीनजना घाइते


दमक, साउन १२ । झापाको दमकमा घरअगाडि फर्केर पिसाब गरेको निहुँमा विवाद हुँदा तीनजना घाइते भएको प्रहरीले जनाएको छ ।

हिजो राति साढे १० बजे दमक नगरपालिका–२ का समिर तामाङको घरअगाडि को. १ ज ३५६५ नम्बरको म्याजिक चालक सोही ठाउँका ३६ वर्षीय नीरज बानियाँ समेतका युवाहरूले पिसाब गर्दा विवाद भएको हो ।

तामाङको घरअगाडि बसेका दमक–३ का २६ वर्षीय सुरज क्षेत्री, १८ वर्षीय आदित्य लिम्बू लगायत बसिरहेको बेला बानियाँको समूहले उनीहरुलाई अपशब्द प्रयोग गरेपछि विवाद भएको हो ।

प्रहरीका अनुसार विवाद बढ्दै गएपछि कुटपिट हुँदा सुरज क्षेत्री, आदित्य लिम्बू र नीरज बानियाँ घाइते भएका छन् ।

क्षेत्रीको दाहिने हातमा चोट लागेको छ भने लिम्बूको दाहिने खुट्टामा चोट लागेको छ । दुवैजनाको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ ।

बानियाँको टाउको, अनुहार र दुवै घुँडामा चोट लागेको छ । उनलाई उपचारको लागि निम्स अस्पताल दमकमा भर्ना गरिएको छ ।

घटनास्थलमा प्रहरी चौकी बाघखोरबाट प्रहरी टोली खटिएर घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।

Adv footer