
मेचीनगर, साउन १६ । झापाको मेचीनगर–९ खुट्टिडाँगीमा रहेको पारिजात पब्लिक स्कुलको गाडी दुर्घटना भएको छ । आज बिहान ९ः३० बजे विद्यार्थी बोकेको गाडी दुर्घटना भएको हो ।

१८ जना विद्यार्थी, एकजना शिक्षिका र ड्राइभरसहित मे १ज ३१०७ नम्बरको स्कुल भ्यान स्थानीय टिमाई खोल्सीमा झरेको थियो । स्थानीयबासीको सहयोगमा उद्धार गरेर घाइते विद्यार्थीलाई धुलाबारीको आम्दा मेची अस्पताल पठाइएको छ ।

अस्पताल प्रशासनका अनुसार सातजना घाइते विद्यार्थीलाई थप उपचारका लागि बिएन्डसी अस्पताल बिर्तामोड रेफर गरिएको छ ।


अन्य घाइतेको आम्दा अस्पतालमै उपचार भइरहेको छ । घाइते विद्यार्थीको नाम आइसकेको छैन । रेफर गरिएका विद्यार्थीको आम्दामा उपचार सम्भव नभएपछि बिएन्डसी पठाइएको हो ।

गाडीको खराबीका कारण ब्रेक फेल भएर खोल्सीमा झरेको स्थानीयबासीले बताएका छन् । विद्यालयभन्दा एक किलोमिटर पश्चिम गाडी झरेको हो ।
