२०८२ साउन १८ आइतबार
Jhapa Today
Adv top

बिर्तामोडमा कालिञ्चोक मेनपावरको शाखा


बिर्तामोड, साउन १८ । झापाको बिर्तामोडमा कालिञ्चोक मेनपावर सञ्चालनमा आएको छ । बिर्तामोडको राजगढ बसस्ट्यान्डमा आइतबारबाट कालिञ्चोक मेनपावरको शाखा सञ्चालनमा आएको हो ।

एक कार्यक्रमका बीच मेनपावर कार्यालयको शाखा उद्घाटन गरिएको छ । कम्पनीका सहायक निर्देशक स्वेच्छिक कार्की लगायतले शाखा कार्यालयको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा वैदेशिक रोजगार व्यवसायी संघ झापाका प्रथम उपाध्यक्ष राजन सिलवाल, महासचिव नीरकुमार खत्री, सचिव राजेन्द्र पौडेललगायतले शुभकामना दिएका थिए ।

संघ झापाका कोषाध्यक्ष समेत रहेका युवा व्यवसायी कृष्ण खतिवडा, सविन कटुवाल, राजु पोखरेल, हेम मोक्तानले संयुक्त रुपमा शाखा सञ्चालनमा ल्याएका हुन् ।

खतिवडाले सीप सिकाएर सुरक्षित तरिकाले युवालाई वैदेशिक रोजगारमा पठाउन बिर्तामोडमा कालिञ्चोक मेनपावरको शाखा सञ्चालनमा ल्याएको बताए ।

वैदेशिक रोजगारका लागी जापान, युरोप, मलेसिया र खाडी मुलुकका विभिन्न देशहरूमा सीप सिकाएर पठाउने गरेको उनको भनाइ छ । हालसम्म २० हजारभन्दा धेरै व्यक्तिहरूलाई सुरक्षित तरिकाले वैदेशिक रोजगारका लागि पठाएको उनले बताए ।

Adv footer