
बिर्तामोड, साउन २० । झापा बिर्तामोडका स्मयन बजगाईंलाई गायन रियालिटी सो ‘द भ्वाइस किड्स सिजन–४’ मा भोट गर्न परिवारले आग्रह गरेको छ । हिमालय टेलिभिजनबाट प्रशारित कार्यक्रमको फाइनल राउन्डमा प्रवेश गरेका बजगाईंलाई विजयी गराउन अपिल गरिएको हो ।


अन्तिम राउन्डमा रहेका उनलाई खल्ती एपमार्फत भोट गर्दै ‘द भ्वाइस किड्स सिजन–४’ को विजेता बनाउन बजगाईं परिवारले अपिल गरेको छ । स्मयनका हजुरबुवा कृष्णप्रसाद बजगाईंले आगामी शुक्रबार र शनिबार फाइनल प्रतियोगिता हुने र गायनसँगै भोटकै आधारमा विजेता घोषणा गरिने भएकाले उनलाई भोट गर्न आग्रह गरेका हुन् ।

स्मयनलाई विजय गराउन भोटको आवश्यक पर्ने भएकाले उनलाई भोट गर्न सप्तक संगीतालय बिर्तामोडकी सञ्चालक आकृति खतिवडाले पनि आग्रह गरेकी छन् । स्मयन गायकीमा अब्बल रहेको बताउँदै खतिवडाले स्मयनलाई कार्यक्रमको नियमअनुसार भोट दिएर जिताइदिन आग्रह गरिन् ।


बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले स्मयन बिर्तामोडकै उज्ज्वल नक्षत्र भएकाले बढीभन्दा बढी भोट गरिदिन आग्रह गरे । उनले बिर्तामोडका व्यवसायी मनोज बजगाईंका छोरा समेत भएकाले उनलाई जिताउन सबै व्यवसायीलाई भोट गर्न आग्रह गरेका छन् ।

बिर्तामोड उद्योग वाणिज्य संघका सदस्य तथा काका विपिन बजगाईंले स्मयनले सानै उमेरमा गायन क्षेत्रमा राम्रो गरेको भन्दै उनलाई थप सफलताका लागि भोट गर्दै विजेता बनाउन आग्रह गरेका छन् ।

बिर्तामोडस्थित न्युटन्स एजुकेसन एकेडेमीका विद्यार्थी रहेकाले विद्यार्थी तथा न्युटन्स परिवारलाई स्मयनलाई भोट गर्न आग्रह गरेका छन् ।
