
बिर्तामोड, साउन २२ । झापाको बिर्तामोडमा एकजना मानिस सडकछेउ झाडीमा मृत अवस्थामा भेटिएका छन् । उनको आज मृत्यु भएको अनुमान गरिएको छ ।
बिर्तामोड-१० स्थित समावेशी चोकमा आज दिउँसो उनको शव भेटिएको अस्थायी प्रहरी चौकी सैनिक बजारले जनाएको छ ।
प्रहरीका अनुसार उनको नाम नरप्रसाद अधिकारी रहेको बताइएको छ । स्थानीयबासीका अनुसार उनले विगतमा कञ्चनजंघा स्कुलमा ड्राइभरको काम समेत गरेका थिए ।
हाल उनको आफन्तको खोजी गरेर शवको सनाखत गर्न लागिएको अस्थायी प्रहरी चौकी सैनिकका प्रहरी सहायक निरीक्षक नरोत्तम थापाले जानकारी दिए ।

 
            

 
    
     
    
     
    
     
    
     
    
     
    
    
 

 
    