बिर्तामोड, साउन २४ । झापामा एक अनौठो घटना भएको छ । एकजना बृद्धले पंक्षी करणी गरेको र उनलाई पक्राउ गरिएको झापा प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार कुखुरालाई करणी गर्दा गर्दै पक्राउ परेका व्यक्ति झापाको हल्दिबारी गाउँपालिका वडा नम्बर ४ जलथलका रहेको छन् ।
६० वर्षीय ती पुरुष कुखुरालाई करणी गर्दा गर्दै पक्राउ परेका हुन् । उनले आफ्नै घरमा पालेको कुखुराको पोथीलाई करणी गरेको बताइएको छ ।
ती पुरुषले सुत्ने कोठामा लगेर कुखुराको पोथीलाई करणी गर्दागर्दै श्रीमतीले देखेपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
ती पुरुषको स्वास्थ्य अवस्थाबारे जाँच भएको र उनीबारे थप अनुसन्धान सुरु गरिएको झापा प्रहरीले जानकारी दिएको छ ।

 
            

 
    
     
    
     
    
     
    
     
    
     
    
    
 

 
    