२०८२ साउन २७ मंगलबार
Jhapa Today
Adv top

दमकमा पार्किङ गरिएको ट्रकमा मध्यरातमा आगलागी


बिर्तामोड, साउन २७ । झापाको दमकमा पार्किङ गरेर राखिएको मालबहाक ट्रकमा आगदागी भएको प्रहरीले जनाएको छ । सो मिनी ट्रकमा कपडा लोड भएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सो मिनी ट्रकमा हिजो राति दमक-३ बेलडाँगीमा पौने १ बजे अचानक आगलगी भएको हो ।

स्थानीय २७ वर्षीय महेन्द्र तामाङले आफ्नै घरअगाडि सडककिनारमा पार्किङ गरेको ट्रकमा लागलागी भएपछि ट्रकमा रहेको रेडिमेट कपडा जलेर नष्ट भएको छ ।

ना. ७ ख ८६९१ नम्बरको मिनी ट्रकमा अचानक आगलागी भएपछि प्रहरी चौकी बाघखोर र भुटानी शरणार्थी सुरक्षा बेस बेलडाँगीको प्रहरीले आगो नियन्त्रणमा लिएको थियो ।

आगलागी भएको करिब १ घण्टामा आगो पूर्णरुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । ट्रकमा आगो लागेपछि स्थानीयबासीहरु त्रसित बनेका थिए ।

आगलागीबाट अन्दाजी ३० लाख रुपैयाँ क्षति भएको अनुमान गरिएको छ । ट्रकमा ८ जना व्यापारीको कपडा लोड भएको प्रहरीको भनाइ छ ।

त्यस्तै, ट्रक आंशिक रुपमा जल्दा ६ लाख रुपैयाँको क्षति अनुमान गरिएको छ । कपडाको धनी र ट्रकको धनीबारे प्रहरीले खोजी सुरु गरेको जनाएको छ ।

Adv footer