२०८२ साउन २७ मंगलबार
Jhapa Today
Adv top

प्रहरीलाई अवरोध गर्ने भद्रपुरका राई पक्राउ


बिर्तामोड, साउन २७ । प्रहरीले झापाको भद्रपुरमा लागुुऔषध कारोबारीलाई पक्राउ गर्न खोज्दा अवरोध गर्ने मानिसलाई पक्राउ गरेर कारबाही गरेको जनाएको छ ।

पक्राउ पर्नेमा झापा भद्रपुर-५ का ५२ वर्षीय शम्भु राई रहेका छन् । उनले प्रहरीलाई अवरोध गर्दै खुकुरी बोकेर आतंकित बनाएको प्रहरीले जनाएको छ ।

भद्रपुर ५ का सन्तोष श्रेष्ठको घरमा लागुऔषध ब्राउन सुगरको कारोबार तथा बिक्री वितरण भइरहेको भन्ने सूचनाको आधारमा नियन्त्रणमा लिन जाँदा राईले प्रहरीलाई अवरोध गरेका थिए ।

साउन २५ गते प्रहरीको काममा अवरोध गर्ने राईलाई हिजो पक्राउ गरेर कारबाही सुरु गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

राईलाई जिल्ला प्रशासन कार्यालय झापाबाट मुलुकी अपराध संहिता २०७४ बमोजिम अभद्र व्यवहार कसूरमा पाँच दिन म्याद लिएर अनुसन्धान जारी राखिएको छ ।

Adv footer