२०८२ साउन २८ बुधबार
Jhapa Today
Adv top

दमकमा एकजना बालकको डुबेर मृत्यु


दमक, साउन २८ । झापाको दमकमा स्थानीय खोलामा पौडी खेल्ने क्रममा एकजना बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । बालकको आज बिहान ७ः५० बजे मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दमक-१० का इन्द्र प्रसाईंका छोरा ११ वर्षीय धर्मेन्द्र प्रसाईंको स्थानीय भालु खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।

प्रसाईं र स्थानीय कृष्णप्रसाद ढकालका छोरा ११ वर्षीय भुपेन्द्र ढकाल आज बिहान ७ बजे घरदेखि २०० मिटर उत्तरतर्फ रहेको भालु खोलामा पौडी खेल्न गएका थिए ।

सोही क्रममा प्रसाईंलाई खोलाले ६०० मिटर परसम्म बगाएर लागेको थियो । पौडी खेल्न नजान्ने उनी खोलामा डुबेको प्रहरीले जनाएको छ ।

स्थानीयले देखेर उनलाई उपचारको लागि निम्स अस्पताल दमकमा ल्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए । घटनाबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

Adv footer