२०८२ साउन ३१ शनिबार
Jhapa Today
Adv top

हात्तीको आक्रमणबाट घाइते दमककी राईको मृत्यु


दमक, साउन ३० । झापाको दमकमा जंगली हात्तीको आक्रमणबाट घाइते भएकी एकजना महिलाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दमक-१ बरगाछीकी ४७ वर्षीया सुनिता राईको उपचारका क्रममा आज बिहान मृत्यु भएको छ ।

दमक–१ मा होटल व्यवसाय सञ्चालन गर्दै आएकी राईको घर पाँचथर मिक्लाजुङ गाउँपालिका १ रहेका प्रहरीले जनाएको छ । राईसँगै मर्निङ वाकमा रहेकी उनकी बहिनी ४२ वर्षीया कविता राईलाई हात्तीले आक्रमण गरेको थियो ।

दमक–१ बरगाछीनजिक साउन ११ गते बिहान उनीहरु जंगली हात्तीको आक्रमणमा परेका थिए । उनीहरुलाई दमक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि विराटनगर लगिएको थियो ।

कविता राई भने विराटनगरको न्युरो अस्पतालबाट साउन २५ गते डिस्चार्ज भएकी थिइन् । सुनिताको त्यही अस्पतालमा मृत्यु भएको हो ।

उनको टाउको, दाहिने आँखीभौँ, दुबै खुट्टा, बायाँ हात र शरीरको विभिन्नमा भागमा चोट लागेको थियो । उनलाई हात्ती लडाएर आक्रमण गरेको उनकी बहिनीले बताएकी छन् ।

Adv footer