
बिर्तामोड, भदौ २ । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ। आज सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँ र चाँदी ५ रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलामा एक लाख ९६ हजार ३०० रुपैयाँ कायम भएको छ । आइतबार सुनको मूल्य एक लाख ९५ हजार ५०० रुपैयाँ थियो ।

चाँदीको मूल्य पनि बढेको छ । आइतबार तोलामा २ हजार ३१० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार बढेर तोलामा २ हजार ३१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

आज दश ग्राम सुनको मूल्य एक लाख ६८ हजार २९५ रुपैयाँ र १० ग्राम चाँदीको मूल्य १ हजार ९८५ रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो मूल्य काठमाडौँमा लागु हुने गरेको छ । तर, मोफसलका बजारहरुमा यो मूल्यभन्दा प्रतितोला ५०० रुपैयाँ बढी पर्ने गरेको छ । झापाका बिर्तामोड, दमक लगायतका बजारमा पनि तोलामा ५०० रुपैयाँ बढी मूलय पर्नेछ ।
