२०८२ भदौ २ सोमबार
Jhapa Today
Adv top

पूर्वसहप्राध्यापक पोखरेललाई लेडी जेसिजको ‘उत्कृष्ट नारी सम्मान’


बिर्तामोड, भदौ २ । वीरता लेडी जेसिज पूर्वअध्यक्ष क्लबले यो वर्षको उत्कृष्ट नारी सम्मान मेची बहुमुखी क्याम्पसकी सेवा निवृत्त सहप्राध्यापक कमला पोखरेललाई प्रदान गरेको छ ।

झापाको बिर्तामोडमा आज आयोजित एक कार्यक्रमका बीच क्लबले भद्रपुरकी पोखरेललाई उत्कृष्ट नारी सम्मान प्रदान गरेको हो । पोखरेल झापाका सरकारी क्याम्पसकी पहिलो शिक्षक हुन् ।

पोखरेललाई कार्यक्रमका प्रमुख अतिथि संविधानसभा सदस्य सुधीरकुमार शिवाकोटी, क्लबकी अध्यक्ष मञ्जु सिटौला पोखरेल, वीरता लेडी जेसिजकी अध्यक्ष निशा शाक्य लगायतले सम्मानपत्र प्रदान गरेका थिए ।

क्लबको सम्मान पाउने पोखरेल पाँचौँ महिला हुन् । २०३७ सालदेखि प्राध्यापन पेसामा रहेकी पोखरेलका पति चिन्तामणि दाहाल पनि मेची बहुमुखी क्याम्पसका पूर्वप्रमुख हुन् ।

यसअघि क्लबले २०७७ सालमा पहिलोपटक समाजसेवा क्षेत्रबाट गिरीराजकुमारी प्रसाईं (हाल स्वर्गीय), २०७८ मा शिक्षा क्षेत्रबाट प्रभा घिमिरे, २०७९ मा प्राविधिक क्षेत्रबाट पाइलट जिना लिङदेन र २०८० मा खेलकुद क्षेत्रबाट ओलम्पियन मेनुका राउतलाई सम्मान गरिएको थियो ।

Adv footer