२०८२ भदौ १७ मंगलबार
Jhapa Today
Adv top

बुद्धशान्तिमा भारतीय कारको ठक्करबाट एकजनाको मृत्यु


बिर्तामोड, भदौ ३ । झापाको बुद्धशान्तिस्थित बर्नेमा भारतीय नम्बर प्लेटको कारले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मेची राजमार्गस्थित बुद्धशान्ति–४ बर्नेमा आज दिउँसो भारतीय स्करपियोको ठक्करबाट स्थानीय एकजना मानिसको मृत्यु भएको हो ।

दिउँसो ३ः३० बजेतिर भएको दुर्घटनामा बुद्धशान्ति–१ बस्ने ४६ वर्षीय ठाकुर अधिकारीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

अधिकारीको बिएन्डसी अस्पताल बिर्तामोडमा आज साँझ ५ः४० बजे उपचारको क्रममा मृत्यु भएको हो । उनको टाउकोमा गम्भीर चोट लागेको थियो ।

इलामबाट बुधबारेतर्फ आउँदै गरेको बिआर ५५८५०० नम्बरको भारतीय स्कोरपियो र विपरित दिशातर्फ जाँदै गरेको प्रदेश १–०१–०१६प.३६६१ नम्बरको मोटरसाइकल एकआपसमा जुधेका थिए ।

प्रहरीले स्करपियो, मोटरसाइकल र स्करपियो चालक रौतहट बृन्दावन नगरपालिका–२ बस्ने ३४ वर्षीय प्रमोद पटेललाई इलाका प्रहरी कार्यालय बुधबारेमा राखिएको छ ।

Adv footer