२०८२ भदौ ६ शुक्रबार
Jhapa Today
Adv top

बुद्धशान्तिमा एकाबिहानै भेन दुर्घटना, नौजना घाइते


बिर्तामोड, भदौ ६ । झापाको बुद्धशान्तिमा एकबिहानै सडक दुर्घटना भएको छ । यात्रु बोकेको विद्युतीय भेन अनियन्त्रित हुँदा आज बिहान १ः२० बजे दुर्घटना भएको हो ।

ताप्लेजुङबाट बिर्तामोडतर्फ आउँदै गरेको भेन दुर्घटना हुँदा ९ जना घाइते भएका हुन् । बुद्धशान्ति गाउँपालिका–३ धर्मकाँटास्थित मेची राजमार्गमा प्रदेश १–०१–००१ ज ४०८८ नम्बरको इभी भेन आफैँ अनियन्त्रित भएर दुर्घटना भएको हो ।

दुर्घटनामा चालकसहित सबै यात्रु घाइते भएका हुन् । चालक ताप्लेजुङ फुङलिङ–२ बस्ने ३० वर्षीय लाक्पा थेपेन शेर्पा, यात्रुहरु भक्तपुर चाँगुनारायण–१ बस्ने १२ वर्षीय सेसेहाङ सुब्बा, ३४ वर्षीय प्रेमा योङहाङ, ३२ वर्षीय टिका लिम्बू घाइते भएका छन् । उनीहरुको बिएन्डसी अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै, अर्जुनधारा–१० का ४४ वर्षीय विजय लिम्बू, ४२ वर्षीया मनकुमारी लिम्बू, चाँगुनारायण–१ की १९ वर्षीया सुविमा लिम्बू, दमक–३ का २१ वर्षीया मनिता धिमाल र ४३ वर्षीया रिता धिमाल घाइते भएका छन् । उनीहरुको पनि बिएन्डसी अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । चालक निदाएर वा भेनमा केही खराबी भएर दुर्घटना भएको भन्नेबारे खुल्न सकेको छैन ।

Adv footer