२०८२ भदौ १७ मंगलबार
Jhapa Today
Adv top

भद्रपुरमा ज्येष्ठ नागरिकको शव भेटियो


बिर्तामोड, भदौ ७ । झापाको भद्रपुरमा एकजना ज्येष्ठ नागरिकको शव भेटिएको छ । भद्रपुर–४ झापाचोकमा रहेको खगेन्द्र नवजीवन केन्द्र (अपांग संघ) को कार्यालयमा शव भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शवको साथमा रहेको नागरिकतामा उनको उमेर ८७ वर्ष रहेको र श्रेष्ठ थरका रहेको खुलेको छ । ठेगाना भद्रपुर-३ रहेको छ ।

उनको शव आज बिहान ६ः३० बजे खगेन्द्र नवजीवन केन्द्र (अपांग संघ) कार्यालयको बरन्डामा भेटिएको प्रहरीले जनाएको छ । शव उत्तानो अवस्थामा रहेको थियो ।

नागरिकतामा श्रेष्ठ थर बुझिए पनि उनको नामको अगाडिको अक्षर मेटिएको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट प्रहरी टोली खटिएर अनुसन्धान तथा कानुनी प्रक्रिया सुरु गरेको छ ।

शवको पूर्ण पहिचानका लागि प्रहरीले आफन्तको खोजी सुरु गरेको जनाएको छ । त्यस्तै, संघका कर्मचारीहरुसँग पनि सोधपुछ सुरु गरिएको छ ।

Adv footer