२०८२ भदौ १७ मंगलबार
Jhapa Today
Adv top

एभरेस्ट कार्डममका बिमलीलाई नवपर्वतक व्यवसायी सम्मान


बिर्तामोड, भदौ १४ । झापा बिर्तामोडको नेपाल एभरेस्ट कार्डमम प्रोसेसिङ एन्ड प्याकेजिङ प्रालिका सञ्चालक प्रज्ज्वल बिमली ट्याली एमएसएमई अनर्सअन्तगत नवपर्वतक व्यवसायीका रुपमा पुरस्कृत भएका छन् ।

उनलाई सफ्टवेयर उत्पादन कम्पनी ट्याली सोलुसन्स प्रालि बैंलोर भारतले काठमडौँमा आयोजित विशेष समाारोहबीच पुरस्कृत गरेको हो ।

झापा बिर्तामोड-५ स्थायी घर भएका उनी झापामा युवा व्यवसायीका रुपमा परिचित छन् । कम्पनीले उनलाई नयाँ पुस्ताका स्टार्टअप व्यवसायीका रुपमा पुरस्कृत गरेको हो ।

विभिन्न सामाजिक संघसंस्थामा समेत आवद्ध उनी समाजसेवामा समेत सक्रिय छन् । उनी रोटरी क्लब अफ बिर्तामोडका पास्ट प्रेसिडेन्ट हुन् । उनी झापा साइक्लिङ क्लबका उपाध्यक्ष, नेपाल अलैँची व्यवसायी महासंघका केन्द्रीय सदस्य समेत रहेका छन् ।

ट्याली सोलुसन्स प्रालिका कार्यकारी निर्देशक नुपुर गोयन्का र नेपाल उद्योग वाणिज्य महासंघका महानिर्देशक गोकर्णराज अवस्थीले बिमलीलाई सम्मानपत्र प्रदान गरेका थिए ।

ट्याली सोलुसन्स प्रालिले छनोटमा परेका नेपालका ५०० व्यवसायीमध्ये २५ जनालाई पुरस्कृत गरेको थियो । पूर्वमा पुरस्कृत हुने व्यवसायी बिमली एक मात्र रहेका छन् ।

Adv footer