२०८२ भदौ ३० सोमबार
Jhapa Today
Adv top

काँकरभिट्टा नाका आजदेखि सञ्चालनमा


मेचीनगर, भदौ ३० । जेनजी पुस्ता समूहको आन्दोलनका कारण ठप्प बनेको पूर्वी नेपालको काँकरभिट्टा नाका आजदेखि सञ्चालनमा आएको छ ।

भदौ २४ गतेदेखि पैदल आउजाउ समेत बन्द गरिएको नाका आज दिउँसोदेखि सञ्चालनमा आएको हो । ६ दिनसम्म नाका ठप्प हुँदा दुबै देशका नागरिकले सास्ती खेप्नु परेको थियो ।

नेपालमा भएको हिंसात्मक प्रदर्शनको क्रममा भारतीय एसएसबीले सीमा नाका बन्द गराएका थिए । एसएसबीले नाका खुलाए पनि अझै परिस्थित भने सामान्य बनेको छैन ।

भारतीय निजी गाडीहरू भने नेपाल आउन पाएको छैन । भन्सारमा यात्रु शाखा जलेर ध्वस्त भएपछि गाडीको हकमा त्यो समस्या उत्पन्न भएको हो ।

यसैबीच, भद्रपुर नाका भने शुक्रबारबाटै सञ्चालनमा आए पनि एसएसबीले परिचयपत्र हेरेर नाम टिप्न थालेपछि जनताले सास्ती झेल्नु परिरहेको छ ।

Adv footer