२०८२ असोज ४ शनिबार
Jhapa Today
Adv top

बिर्तामोडमा टिभिएसको दसैँ अभियानः बाँड्दै हर्ष, बढाउँदै सम्बन्ध


बिर्तामोड, असोज ४ । टिभिएसको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले टिभिएसको दसैँ अभियान: ‘बाँड्दै हर्ष, बढाउँदै सम्बन्ध’ अभियान सञ्चालनमा ल्याएको छ ।

नेपालीहरुको महान चाड बडादसैँलाई उल्लासपूर्ण ढंगले मनाउनको लागि बाँड्दै हर्ष बढाउँदै सम्बन्ध नामक भव्य अभियान सञ्चालन गर्ने भएको बिर्तामोडस्थित आधिकारिक बिक्रेता पाथिभरा अटो लिंकका सञ्चालक याम कार्कीले बताए ।

यस अभियानअन्तर्गत टिभिएसको मोटरसाइकल वा स्कुटर खरिद गर्दा एक लाख रुपैयाँसम्मको नगद छुटका साथै एक हजारजना ग्राहकहरुले आठ हजार बराबरको सपिङ भौचर प्राप्त गर्नेछन् ।

बिर्तामोडमा पनि बाँड्दै हर्ष बढाउँदै सम्बन्ध नामक भव्य अभियान असोज ५ गतेदेखि १२ गतेसम्म सञ्चालनमा आएको पाथिभराका अर्का सञ्चालक सजेश शिवाकोटीले बताए ।

उनले यस अभियानमा जगदम्बाले प्रदान गर्ने सबै अफर पाथिभरा अटो लिंकबाट प्राप्त गर्न सिकने बताए । बिर्तामोडमा टिभिएसका सबै मोडलका मोटरसाइकल र स्कुटरहरु उपलब्ध रहेको र एक्सचेन्जसहित सरल किस्ताबन्दीको सुविधा समेत रहेको छ ।

जुनसुकै पुरानो मोटरसाइकलको एक्सचेञ्ज कम्तिमा ३० हजार मूल्यांकनसहित १० हजार थप मूल्यांकन गरिने र सरल ब्याजदरमा किस्ताबन्दी सुविधा रहेको समेत पाथिभरा अटो लिंकले जनाएको छ ।

नयाँ मोटरसाइकल खरिद वा एक्सचेञ्ज गर्नेलाई हेलमेट, बाइक कभर, ल्यापटप ब्याग निःशुल्क उपलब्ध गराईनुका साथै सवारी साधनको लाइफटाइम वारेन्टीको व्यवस्था रहेका कार्कीले बताए ।

Adv footer