२०८२ असोज २४ शुक्रबार
Jhapa Today
Adv top

‘भोलिपछि मात्र धानबाली भित्र्याउनु उपयुक्त’


बिर्तामोड, असोज २१ । जलवायु तथा विपद् विज्ञ डा. धर्मराज उप्रेतीले भोलि बुधबारपछि धान भित्र्याउन उपयुक्त हुने बताएका छन् ।

भोलि बुधबारदेखि नेपालबाट मनसुन पूर्णरुपमा बाहिरिने अनुमान गर्दै उनले त्यसपछि धान काट्न र भित्राउन उपयुक्त हुने बताएका हुन् ।

न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले भनेका छन्, ‘अहिले धान भित्र्याउने समय छ । यसको लागि भोलिदेखि राम्रो वातावरण पनि बन्दै गएको छ ।’

भोलि बुधबारदेखि नेपालबाट मनसुन पनि बाहिरिँदै जाने र मौसम पनि सफा हुने भएकाले धान भित्र्याउन कुनै बाधा नदेखिने उप्रेतीले जनाएका छन् ।

बुधबारदेखि मनसुन बाहिरिने र तत्काल पश्चिमी वायुको समेत प्रभाव नहुने अनुमान गर्दै उनले तत्काल ठुलो पानी पर्ने सम्भावना नरहेको बताए ।

Adv footer