
बिर्तामोड, कात्तिक २ । झापा बिर्तामोडमा रहेको टिभिएस सोरुम पाथिभरा अटो लिंकबाट स्कुटर खरिद गर्दा एकजना ग्राहकले २५ हजार रुपैयाँ छुट पाएका छन् । उनले अफरअन्तर्गत छुट पाएका हुन् ।




टिभिएसको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले सञ्चालन गरेको टिभिएसको दसैँ अभियानः ‘बाँड्दै हर्ष, बढाउँदै सम्बन्ध’ अभियानअन्तर्गत छुट प्राप्त भएको हो ।




झापा मेचीनगर-८ गिरीगाउँकी पुष्पा माझीले टिभिएसको एनटर्क स्कुटर खरिद गर्दा अभियानअन्तर्गत २५ हजार रुपैयाँ छुट पाएकी हुन् । उनले आज तिहारको पहिलो दिन स्कुटर खरिद गरेकी थिइन् ।




नेपालीहरुको महान चाड बडादसैँ र तिहारलाई उल्लासपूर्ण ढंगले मनाउनको लागि बाँड्दै हर्ष बढाउँदै सम्बन्ध नामक भव्य अभियान सञ्चालन भइरहेको बिर्तामोडस्थित आधिकारिक बिक्रेता पाथिभरा अटो लिंकका सञ्चालक याम कार्कीले बताए ।




यस अभियानअन्तर्गत टिभिएसको मोटरसाइकल वा स्कुटर खरिद गर्दा एक लाख रुपैयाँसम्मको नगद छुटका साथै एक हजारजना ग्राहकहरुले आठ हजार बराबरको सपिङ भौचर प्राप्त गर्नेछन् ।



