२०८२ पुष ७ सोमबार
Jhapa Today
Adv top

बिर्तामोडबाट लुटिएको म्याग्जिन चिया बगानमा भेटियो


बिर्तामोड, पुस ७ । इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडबाट लुटिएको म्याग्जिन र गोली बेवारिसे अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । जेनजी आन्दोलनका क्रममा भएको आगजनी र लुटपाटमा हतियार चोरी भएको थियो ।

बिर्तामोड ६ स्यालडाँगीस्थित चिया बगानमा इन्सास राइफलको म्याग्जिन एकथान र मार्का थ्रि राइफलको गोली ३ राउन्ड (साबुत) बेवारिसे अवस्थामा हिजो दिउँसो १२ः२५ बजे फेला परेको हो ।

हातहतियार तथा गोलीगठ्ठाहरु बेवारिसे अवस्थामा फेला परेको भन्ने जानकारी पाएपछि इलाका प्रहरी कार्यालय बिर्तामोडबाट टोली खटिएर बरामद गरेको थियो ।

बरामद भएको इन्सास राइफलको म्याग्जिन र गोली जेनजी आन्दोलनका बेला इलाका प्रहरी कार्यालय बिर्तामोडको जिन्सी भण्डार कक्षबाट लुटेर लगेको अभिलेखबाट खुल्न आएको प्रहरीले जनाएको छ ।

Adv footer