२०८२ पुष १२ शनिबार
Jhapa Today
Adv top

होराइजन डान्सिङ आइडल सिन्सा र सिंगिङ आइडल प्रतिक


धुलाबारी, पुस १२ । झापा मेचीनगरमा भएको इस्ट होराइजन सिंगिङ आइडल प्रतिक विक र डान्सिङ आइडल सिन्सा तुम्रुक भएका छन् ।

अडियन्स भोटिङबाट डान्सतर्फ छिन्नालता अधिकारी र सिंगिङतर्फ प्रतिक विक उत्कृष्ट बनेका छन् । फाइनल राउन्डमा डान्सिङतर्फ ७ तथा सिंगिङतर्फ ७ जना छनोट भएका थिए । सिंगिङतर्फ कृष्ण योञ्जन र जोनी योञ्जन तथा डान्सतर्फ सन्तोष मगर र वर्षा फुँयलले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

विद्यार्थीको प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजित प्रतियागिता आज सम्पन्न भएको हो । विद्यालय परिसरमा आयोजित भव्य समारोहका कार्यक्रम सम्पन्न भएको थियो ।

हरेक वर्ष आयोजना गरिँदै आएको आइडलको अडिसन गत भदौबाट सुरु गरिएको थियो । अडिसनमा डान्सिङतर्फ करिब २३५ जना र सिंगिङतर्फ १७७ जना विद्यार्थी सहभागी भएको इस्ट होराइजनकी प्रशासन प्रमुख सावित्रा सापकोटा राईले बताइन् ।

विद्यालयका प्रिन्सिपल सञ्जीव राईले अध्ययनसँगै अतिरिक्त विधामा स्कुलले शैक्षिक गतिविधि सञ्चालन गर्दै आएको बताए । उनले विद्यार्थीको भावना र समयअनुसारको शैक्षिक क्रियाकलाप आवश्यक रहेको चर्चा गरे । प्रिन्सिपल राईले विद्यार्थीको प्रतिभालाई स्टेजमार्फत उजागर गर्न कार्यक्रम आयोजना गरिएको स्पष्ट पारे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधव पौडेलको अध्यक्षता तथा मेचीनगर शिक्षा प्रमुख होमनाथ भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा शिक्षा प्रमुख भण्डारीले विद्यार्थीलाई रुचिअनुसारको शिक्षा दिनुपर्ने बताए । उनले विद्यार्थीको प्रस्तुति माथि मुक्तकण्ठले प्रशंसासमेत गरे ।

कार्यक्रममा धुलाबारी माविका प्रधानाध्यापक महेन्द्रविलास लुइँटेल, सहिद दशरथ चन्द माविका प्रधानाध्यापक लेखनाथ पौडेल (केशव) लगायत शैक्षिक तथा सामाजिक संघसंस्थाका प्रतिनिधि तथा अभिभावकहरुको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन विद्यार्थीले आलोपालो रुपमा गरेका थिए ।

पूर्वमै उत्कृष्ट शैक्षिक संस्थाको रुपमा सञ्चालित इस्ट होराइजन अंग्रेजी माविले अन्तर्राष्ट्रिय प्लेटफर्ममा पनि आफ्नो दमदार प्रस्तुति दिँदै आएको छ ।

Adv footer