
बिर्तामोड पुस १६ । झापा भद्रपुरको ग्रिन फिल्ड इङलिस स्कुल भद्रपुर नगरस्तरीय सांस्कृतिक नृत्यतर्फ दुई विधामा प्रथम भएको छ ।
विद्यालयका संस्थापक प्रिन्सिपल सन्देश राईका अनुसार भद्रपुर नगरपालिकाको शिक्षा शाखाले आयोजना गरेको प्रतियोगितामा ग्रिन फिल्ड स्कुल प्रथम भएको हो ।
नगरपालिकाभित्रका आधारभू तह र माध्यमिक तहको लोक सांस्कृतिक नृत्य प्रथम स्थान प्राप्त गर्न सफल भएको राईले जानकारी दिए ।
त्यस्तै, नगरस्तरीय विद्यार्थी निर्मित विज्ञान सामग्री प्रदर्शनीमा आधारभूत तहतर्फ ग्रिन फिल्ड स्कुल सान्त्वना भएको छ । भद्रपुरमा संस्थागत र सामुदायिक विद्यालय गरी ६४ वटा विद्यालयहरु छन् ।



