बिर्तामोड, माघ ६ । मेची पेट्रोलियम डिलर्स एसोसिएसनको अध्यक्षमा टिकराम बहादुर पिठाकोटे निर्वाचित भएका छन् । बिर्तामोडमा सम्पन्न १८ औँ साधारणसभा तथा छैटौँ अधिवेशनबाट उनी अध्यक्षमा निर्वाचित भएका हुन् ।

पिठाकोटेले ३६ मत प्राप्त गर्दै निर्वाचित हुँदा उनका प्रतिस्पर्धी भूपालराज कटुवालले २४ मत प्राप्त गरेका थिए । अधिवेशनमा ६२ मतमध्ये ६० मत खसेको थियो ।
त्यस्तै, संस्थाको वरिष्ठ उपाध्यक्षमा अमित सरिया, उपाध्यक्षमा मदनकुमार राई, महासचिवमा विनोद चापागाईं तथा कोषाध्यक्षमा उत्तम कुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।
सदस्य पदमा खगेन्द्रबहादुर कार्की, गौरीप्रसाद भण्डारी, तारानाथ उप्रेती र भगिरथ रिजाल (माल्दाइ) निर्विरोध निर्वाचित भएका छन् ।
सचिव पदमा दिपक गड्तौलाले ३६ मत प्राप्त गरी निर्वाचित हुँदा हरिप्रसाद घिमिरेले २४ मत प्राप्त गरेका थिए । सहकोषाध्यक्ष पदमा मोहनप्रसाद उप्रेतीले ३२ मत प्राप्त गरी निर्वाचित भएका छन् भने उनका प्रतिस्पर्धी सुरज गोयलले २८ मत प्राप्त गरेका थिए ।
संस्थाका अध्यक्ष नविन कोइरालाको अध्यक्षतामा भएको भएको अधिवेशनको सञ्चालन संस्थाका सचिव विनोद चापागाईंले गरेका थिए ।




