
बिर्तामोड, चैत ९ । झापाको बिर्तामोड–१ मा रहेको ग्रिनफिल्ड वर्ल्ड स्कुलमा पूर्वप्राथमिक तह तथा प्राथमिक तह कक्षा एक र दुईको वार्षिकोत्सव एवम् पूर्वप्राथमिक तहको दीक्षान्त समारोह सम्पन्न भएको छ ।
विद्यालयकी सहायक प्रधानाध्यापक रोजिना कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयकी निर्देशक मनिषा बस्नेत प्रमुख अतिथि रहेकी थिइन् । कार्यक्रममा अभिभावकहरूको भव्य उपस्थिति रहेको थियो ।
विद्यालयका संयोजक बर्नाड लामाले स्वागत गरेको कार्यक्रमको सञ्चालन विद्यालयकी शिक्षक प्रतिभा ढकालले गरेकी थिइन् । कार्यक्रममा विद्यार्थीहरुले नृत्य, गायन लगायतका प्रतिभाहरु प्रस्तुत गरेका थिए ।




