
बिर्तामोड, चैत १२ । झापाको बिर्तामोडमा बजाज कम्पनीको तीनपांग्रे विद्युतीय सवारीसाधन ‘बजाज विगो’ सार्वजनिक भएको छ । आज एक कार्यक्रमका बीच बजाजको आधिकारिक बिक्रेता गजुरमुखी प्रपर्टी डिलर्स प्रालिले अटोरिक्सा बजारमा ल्याएको हो ।
बजाजको इलेक्ट्रिक अटो ‘बजाज विगो’ को बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव कुशल खतिवडा, गजुरमुखीका सञ्चालक रोशन बोहोरा र पदमप्रसाद गिरीले सार्वजनिक गरेका हुन् ।
बजाज आफैँमा ब्रान्ड रहेको बताउँदै बोहेराले अटोमा १७० अधिक्तम माइलेज, साढे ३ घण्टामा ८० प्रतिशत चार्ज, इको र पावर मोडका साथै फराकिलो सिटको व्यवस्था रहेको बताए । उनले नेपालको पहिलो इलेक्ट्रिक अटो रहेको र सुविधाहरू पनि धेरै रहेको बताए ।

सुरक्षाका लागि बजाज विगो इलेक्ट्रिकमा हाइड्रोलिक ड्रम ब्रेक प्रणाली उपलब्ध रहेको गजुुमुखीका सेल्स म्यानेजर तुलसी पौडेलले बताए । साथै, रेजेनरेटिभ ब्रेकिङ सिस्टम तथा हिल होल्ड असिस्ट मेकानिज्म जस्ता आधुनिक सुरक्षा सुविधाहरू पनि समावेश गरिएको छ ।

सञ्चालक गिरीका अनुसार बजाज विगो खरिद गर्दा आधिकारिक बजाज सोरुमहरूमा शून्य प्रतिशत ब्याजदरमा फाइनान्स उपलब्ध हुनेछ । त्यस्तै, ५० प्रतिशत लोनको सुविधा पनि रहेको छ ।
बजाज विगो इलेक्ट्रिक लिथियम आयन ब्याट्री प्रणालीद्वारा सञ्चालित रहेका बताइएको छ । जसले ३६ एनएम टर्क उत्पादन गर्दछ । अटोको बजार मूलय सात लाख ५९ हजार ९०० रुपैयाँ रहेको छ ।




