२०८२ चैत्र २९ आइतबार
Jhapa Today
Adv top

तामाङ घेदुङ कोशी अध्यक्षमा मेचीनगरका जगतबहादुर


बिर्तामोड, चैत २९ । नेपाल तामाङ घेदुङ कोशी प्रदेशको अध्यक्षमा झापाका जगतबहादुर तामाङ चयन भएका छन् । प्रदेशको दोस्रो अधिवेशनबाट नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गरिएको हो ।

मोरङको पथरी शनिश्चरेमा सम्पन्न अधिवेशनले झापा मेचीनगरका तामाङको नेतृत्वमा नयाँ प्रदेश समिति चयन गरेको हो । घेदुङका प्रदेशको उपाध्यक्षमा एकराज तामाङ र रुपनारायण तामाङ गोले, महिला उपाध्यक्षमा विनिता थिङ तामाङ तथा मुख्य सचिवमा फणीन्द्र तामाङ चयन भएका छन् ।

त्यस्तै, सदस्यहरूमा हस्ताबहादुर तामाङ, खड्काकुमार तामाङ, धनबहादुर तामाङ, टेकबहादुर तामाङ, इन्द्रकुमार योञ्जन, जयबहादुर तामाङ र जितेन्द्र तामाङ चयन भएका छन् ।

निवर्तमान प्रदेश अध्यक्ष रेखबहादुर घिसिङ तामाङको अध्यक्षता तथा घेदुङका संघीय अध्यक्ष मोहन गोले तामाङको प्रमुख आतिथ्यतामा अधिवेशनको उद्घाटन सत्र सम्पन्न भएको थियो ।

कार्यक्रममा वरिष्ठ उपाध्यक्ष रामकृष्ण ब्लोन तामाङ तथा कोशी प्रदेशका पूर्वअध्यक्ष मित्रसेन योञ्जन तामाङले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम सञ्चालन कोशी प्रदेशका मुख्य सचिव तिलक पाख्रिन तामाङले गरेका थिए ।

Adv footer