२०८३ बैशाख १ मंगलबार
Jhapa Today
Adv top

कनकाईमा मलामी बोकेको ट्याक्टरबाट खसेर दनुवारको मृत्यु


बिर्तामोड, बैशाख १ । कनकाई नगरपालिका–४ कोटीहोममा मलामी बोकेको ट्याक्टरबाट खसेर एक युवकको मृत्यु भएको छ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोटीहोम क्षेत्रमा दुर्गापुरबाट माइखोलातर्फ १५ जना मलामी लिएर जाँदै गरेको को २ त ७४९७ नम्बरको ट्याक्टरबाट खसेर सोही ट्याक्टरका सहचाकल कनकाई –१ का २५ वर्षीय विनोद दनुवार गम्भीर घाइते भएका थिए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख सन्तोष राईका अनुसार सोमबार दिउँसो २ बजे दनुवार ट्याक्टरबाट खसेका थिए ।

उनलाई उपचारका लागि कनकाई नगर अस्पताल, सुरुङ्गामा लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि बीएण्डसी अस्पताल पठाइएकोमा उपचारको क्रममा हिजो राती मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्याक्टर चालक कनकाई –१ का ३० वर्षीय राजु नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

Adv footer