२०८३ बैशाख २४ बिहीबार
Jhapa Today
Adv top

अध्यादेशपछि झापाका आठजना पदमुक्त


बिर्तामोड, बैशाख २३ । राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेको ‘सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था अध्यादेशबाट झापाका आठजना पदमुक्त भएका छन् ।

भूमि समस्या समाधान आयोग, चिया तथा कफी विकास बोर्ड, सडक बोर्ड, राष्ट्रिय योजना आयोगमा नियुक्त भएकाहरु पदमुक्त भएका हुन् ।

गत चैत १२ गतेअगाडि सार्वजनिक निकायमा राजनीतिक रुपमा नियुक्त पदाधिकारीहरु स्वतः पदमुक्त हुनेगरी मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले सो अध्यादेश जारी गरेका थिए ।

झापामा भूमि समस्या समाधान आयोगका जिल्ला अध्यक्ष मदन अधिकारी तथा सदस्यहरु चक्र शेर्मा, रेनुका भुर्तेल र विज्ञ सदस्य लक्ष्मी आचार्य पदमुक्त भएका हुन् ।

त्यस्तै, राष्ट्रिय चिया तथा कफी विकास बोर्डको सदस्य रहेका झापाका आदित्य पराजुली र दिपक तामाङ पनि पदमुक्त भएका छन् ।

सडक बोर्डको सदस्य नियुक्त भएका कमल गाउँपालिकाका बेनुप्रसाद शिवाकोटी र राष्ट्रिय योजना आयोगको सदस्य नियुक्त भएकी दमककी गीता अधिकारी पनि पदमुक्त भएको जनाइएको छ ।

Adv footer