
बिर्तामोड, जेठ ६ । झापाको बिर्तामोडमा एकजना मानिसको शव भेटिएको प्रहरीले जनाएको छ । बिर्तामोड ७ स्थित लिची बगानमा अपरिचित मानिस मृत फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आज दिउँसो २ः१० बजे बिर्तामोड ७ मिलडाँडाको लिची बगानमा अन्दाजी ६० वर्षका वृद्ध मृत फेला परेका हुन् ।

उत्तानो परेको अवस्थामा शव फेला परेका ती वृद्धको पहिचान खुल्न सकेको छैन । प्रहरीले उनको पहिचानका लागि जानकारी दिन आग्रह गरेको छ ।

कानुनी प्रक्रिया पूरा गरेर मृतकको शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको बिर्तामोड प्रहरीले जनाएको छ ।







