Category: 'अपराध'
जेन जी आन्दोलनमा ध्वंश पारिएका झापाका प्रहरी कार्यालय पुनर्स्थापना गरिँदै
बिर्तामोड, भदौ २८ । परिवर्तन र भ्रष्टचारविरुद्ध भनिएको जेनजी आन्दोलनका कारण ध्वंश पारिएका झापाका प्रहरी कार्यालय पुनर्स्थापना गरिँदैछ । झापाका ६९ वटा प्रहरी कार्यालय ध्वंश भएका थिए । झापाका विस्थापित प्रहरी कार्यालयमध्ये हिजो एकै दिन […]
झुम्का कारागारबाट भागेका कैदी झापामा पक्राउ
बिर्तामोड, भदौ २८ । सुनसरीको झुम्का कारागारबाट जेनजी आदोलनका क्रममा भागेका एकजना कैदीलाई झापामा पक्राउ गरिएको छ । पक्राउ पर्नेमा भोजपुर च्यांग्रे घर भई हाल धरान-१५ त्रिवेणी चोक बस्ने ५६ वर्षीय कृष्णबहादुर विश्वकर्मा रहेका छन् […]
अर्जुनधारामा एकजनाको शव बाटोमा फेला
बिर्तामोड,भदौ २७। झापा अर्जुनधाराको जुकेखाडीमा हत्याको अवस्थामा एकजनाको शव फेला परेको छ । हिजो राति करिब १२ बजे दुर्गापुर– दानाबारी सडकखण्ड अन्तर्गत जुकेखाडीस्थित बाटोमा हत्या गरेको अवस्थामा एकजनाको शव फेला परेको हो । सो शव […]
दुईजना कैदी झापाको सीमावर्ती क्षेत्रमा पक्राउ
बिर्तामोड, भदौ २७ । जेलबाट भागेका दुईजना कैदी झापाको सीमावर्ती क्षेत्रमा पक्राउ परेका छन् । लागूऔषध ओसारपसारमा कसुर ठहरी काठमाण्डौस्थित सुन्धारा कारागारमा कैद सजाय भुक्तान गरिरहेकी झापा गौरीगञ्ज–६ खजुरगाछी घर भएकी ५० वर्षीया अन्जली खातुन […]
बिर्तामोडमा प्रहरीको गोली लागेका भण्डारीको मृत्यु
बिर्तामोड, भदौ २६ । झापाको बिर्तामोडमा जेनजीको आन्दोलनमा प्रहरीले चलाएको गोली लागेर घाइते भएका अर्का प्रदर्शनकारीको पनि मृत्यु भएको छ । बीएण्डसी अस्पतालमा उपचाररत हिलिहाङ–२ पाँचथर घर भई बिर्तामोड–१० मा बस्ने अन्दाजी ३५ वर्षका कमल […]
झापामा ९२ जना थुनुवा भगाएको प्रहरीको पुष्टि
बिर्तामोड, भदौ २६ । झापाका विभिन्न प्रहरी कार्यालयहरुबाट जेनजीको आन्दोलनमा आन्दोलनकारीहरुले ९२ जना थुनुवा भगाएको प्रहरीले पुष्टि गरेको छ । भदौ २४ गते भएको आन्दोलनमा आन्दोलनकारीहरुले गम्भीर , जघन्य प्रकृतिका र अन्य अपराधमा संलग्न भइ […]
मेचीनगरका ज्ञवालीले श्रीमतीसँग रङ्गेहात भेटेका व्यक्तिको गरे हत्या
बिर्तामोड, भदौ २६ । झापा मेचीनगरका एक व्यक्तिले श्रीमतीसँग लाग्नेलाई धारिलो हतियार प्रहार गरी हत्या गरेका छन् । हिजो राति ८ बजे मेचीनगर–७ गैरीगाउँ बस्ने ५० वर्षीय नारायण ज्ञवालीले आफ्नै घरको कोठामा मेचीनगर–१४ दुवागढी बस्ने […]
कोशीका मन्त्री मगरको गाडीले ठक्कर दिँदा बालिका घाइते
बिर्तामोड, भदौ २१ । कोशी प्रदेशका एकजना मन्त्री चढेको गाडीले ललितपुरमा पैदलयात्री बालिकालाई ठक्कर दिएको छ । गाडीको ठक्करबाट बालिका घाइते भएकी छन् । आज बिहान सवा ७ बजेतिर ललितपुरको हरिसिद्धीमा कोशी प्रदेशका आर्थिक मामिलामन्त्री […]
अर्जुनधारामा जन्मदिन मनाउन घरमै निम्तो, बन्धक बनाएर चक्कु प्रहार
बिर्तामोड, भदौ २० । झापाको बिर्तामोड बसपार्कमा जन्मदिन मनाउन बोलाएर चक्कु प्रहार भएको छ । चक्कु प्रहारबाट दुईजना बालक घाइते भएका छन् । घटना भदौ ९ गतेको हो । पीडित परिवारका सदस्यले हिजो मात्र प्रहरीमा […]


