Category: 'अपराध'

सुरुङ्गामा अवैधरुपमा ल्याउँदै गरेको एक ट्रयाक्टर काठ बरामद
बिर्तामोड, बैशाख २० । झापाको कनकाईमा सशस्त्र प्रहरीले अवैधरुपमा काठ ल्याउँदै गरेको ट्रयाक्टरसहित दुईजनालाई पक्राउ गरेको छ । हिजो राति अन्दाजी १०ः५० बजे कनकाई नगरपालिका –३ सुरुङ्गा पुलमा सशस्त्र प्रहरी बल नेपाल,सुरक्षा बेश शनिश्चरेबाट खटिएको […]
पताल गंगा सहकारीको करोडौँ रकम हिनामिना गरेर फरार खनाल पक्राउ
बिर्तामोड, बैशाख २० । झापा बिर्तामोडमा रहेको पताल गंगा बचत तथा ऋण सहकारी संस्थाको करोडौँ रकम हिनामिना गरेर फरार संस्थाका पूर्व अध्यक्ष रेवती खनाल पक्राउ परेका छन् । बचत कर्ताको करोडौँ रुपैँया रकम हिनामिना गरेर […]
उदयपुरमा जिप दुर्घटना हुँदा दमकका कानुन अधिकृत बस्नेतको मृत्यु, छजना घाइते
बिर्तामोड, बैशाख १८ । चितवनबाट झापा फर्कँदै गरेको स्करपियो कार उदयपुरको कटारीमा दुर्घटना हुँदा झापाको दमक नगरपालिकाका कानुन अधिकृतको मृत्यु भएको छ भने छजना घाइते भएका छन् । उनीहरु नगरपालिकाको भ्रमण सकेर फर्किंदै थिए । […]
बाह्रदशीबाट लागुऔषधजन्य औषधिसहित फार्मेसी सञ्चालक पक्राउ
बिर्तामोड, बैशाख १८ । झापा प्रहरीले सीमावर्ती बाह्रदशी गाँउपालिकाको फूलबारीमा रहेका एक फार्मेसीकी सञ्चालकलाई प्रतिबन्धित तथा नियन्त्रित लागुऔषधजन्य औषधिसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा बाह्रदशी-५ फूलबारीकी ३९ वर्षीया बन्दना […]
बिर्तामोड कृषि थोकमा अध्यक्षद्वारा आफूखुसी सामान खरिद, अख्तियारद्वारा कृषि विभागलाई कारबाहीको पत्र
बिर्तामोड, बैशाख १८ । झापाको बिर्तामोडमा रहेको कृषि थोक बजार व्यवस्थापन समितिका अध्यक्षमाथि ‘हिनामिना’ गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । कृषिथोक बजार व्यवस्थापन समितिका अध्यक्षसमेतको मिलेमतोमा हिनामिना भएको भन्दै उजुरी परेपछि […]
चारआली दुर्घटनामा मृत्यु हुने बराल गाविसका पूर्वउपाध्यक्ष
बिर्तामोड, बैशाख १७ । झापाको मेचीनगरस्थित पूर्वपश्चिम राजमार्गमा ट्रकको ठक्करबाट मृत्यु भएका टंकप्रसाद बराल गाविसका पूर्वउपाध्यक्ष रहेको खुलेको छ । अर्जुनधाराका युवा लबकुश गौतमका अनुसार बराल साविक शनिश्चरे गाउँ विकास समितिका पूर्वउपाध्यक्ष हुन् । उनी […]
मेचीनगरमा ट्रकले ठक्कर दिँदा अर्जुनधाराका बरालको मृत्यु
बिर्तामोड, बैशाख १७ । झापाको मेचीनगरस्थित पूर्वपश्चिम राजमार्गमा ट्रकको ठक्करबाट एकजना मोटरसाइकल चालकको मृत्यु भएको छ । ठक्करबाट मृत्यु हुनेमा झापा अर्जुनधारा-१० बस्ने ६८ वर्षीय टंकप्रसाद बराल रहेका छन् । दुर्घटनामा घाइते बराललाई उपचारको लागि […]
भद्रपुरमा पिकअपको ठक्करबाट राजवंशीको मृत्यु
बिर्तामोड, बैशाख १७ । झापाको भद्रपुरमा पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । भद्रपुर–१ पृथ्वीनगर निवासी ३५ वर्षीय दिलिप राजवंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार मंगलबार साँझ साढे […]
अर्जुनधारामा श्रीमतीसँग झगडा हुँदा श्रीमानले काटे ब्लेडले घाँटी
बिर्तामोड, बैशाख १७ । झापाको अर्जुनधारामा एक युवाले श्रीमतीसँग झगडा हुँदा ब्लेडले आफ्नै घाँटी काटेको प्रहरीले जानकारी दिएको छ । अर्जुनधारा नगरपालिका वडा नम्बर ८ नारायणचोक बस्ने २१ वर्षीय दिपक टुडूले हिजो राति ९ः३० बजेतिर […]