Category: 'शिक्षा'

बिर्तामोडको हाजिरी जवाफमा महेन्द्ररत्न मावि प्रथम
बिर्तामोड, असार ६ । बिर्तामोड नगरपालिकामा रहेका विद्यालयहरुबीचको हाजिरी जवाफ प्रतियोगितामा विर्ता बजारको महेन्द्ररत्न माध्यमिक विद्यालय प्रथम भएको छ । नगरपालिकाको सामाजिक विषय समितिले आयोजना गरेको प्रतियोगितामा महेन्द्ररत्न माविका युना खरेल, दिव्य भट्टराई र केशिका […]
साङ्गवेदका विद्यार्थीलाई नगरपालिकाको पोसाक
बिर्तामोड, असार ५ । बिर्तामोड नगरपालिका वडा नम्बर २ चारपानेस्थित साङ्गवेद संस्कृत माध्यमिक विद्यालयका ५९ जना प्राथमिक तहका विद्यार्थीलाई पोसाक वितरण गरिएको छ । आज आयोजित कार्यक्रममा नगरप्रमुख पवित्रा महतारा प्रसाईंले विद्यालयका प्रधानाध्यापक छविराज रेग्मी […]
बालयौन दुरूपयोगको आरोपमा उजुरी परेपछि दमकका श्रेष्ठ फरार
दमक, असार ५ । मोरङ उर्लाबारी-७ स्कुलडाँडास्थित राधिका माविका शिक्षक तीर्थकुमार श्रेष्ठमाथि बालयौन दुरूपयोगको आरोपमा प्रहरीसमक्ष उजुरी दर्ता भएको छ । झापा दमकका ५५ वर्षीय श्रेष्ठले सोही विद्यालयमा कक्षा ६ मा अध्ययनरत छात्रालाई छातीमा हातले […]
एसइइ नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने तयारी
बिर्तामोड, असार ४ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइइ) को नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने तयारी गरेको छ । नियमित तालिकाअनुसार असारको पहिलो साता नतिजा सार्वजनिक हुनुपर्ने हो । तर, चैत २० […]
मेची क्याम्पसमा विद्यार्थीद्वारा तालाबन्दी
बिर्तामोड, असार ४ । क्रिकेट खेलाडीहरुलाई प्रतियोगितामा भाग लिन वञ्चित गरेको भन्दै भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसमा अनिश्चितकालीन तालाबन्दी गरिएको छ । बिबिएमा अध्ययनरत क्रिकेट खेलाडीहरूले तीन बुँदे माग राख्दै क्याम्पसका सहायह प्रमुख तथा लेखा शाखामा […]
‘देवी रोबोट’ बनाउने विद्यार्थीलाई पूर्ण छात्रवृत्ति
बिर्तामोड, असार २ । एक साताअघि बिर्तामोडमा सम्पन्न प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनीमा दोस्रो भएका देवी माध्यमिक विद्यालयका प्रतिभालाई विद्यालयले सम्मान गरेको छ । विद्यालयमा आयोजित एक कार्यक्रमका बीच प्रदर्शनीमा दोस्रो भएको ‘देवी रोबोट’ निर्माण […]
निदि माविको क्याप्टेनमा रदिमा थापा, भाइस क्याप्टेनमा हन्सिका चौधरी
बिर्तामोड, जेठ ३० । झापा बिर्तामोडको निदि माध्यमिक विद्यालयले निर्वाचनमार्फत क्याप्टेन र भाइस क्याप्टेन चयन गरेको छ । निर्वाचन परिणामअनुसार स्कुल क्याप्टेनमा रिदिमा थापा ३३१ मतसहित निर्वाचित भएकी छन् भने भाइस क्याप्टेनमा हन्सिका चौधरी २९३ […]
भद्रपुरकी दाहाल एमपिएचमा टियु टप
बिर्तामोड, जेठ ३० । झापा भद्रपुरकी रोजिना दाहालले त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) अन्तर्गत जनस्वास्थ्य विषयमा सर्वोत्कृष्ट (टप) अंक प्राप्त गरी उत्तीर्ण गरेकी छिन्। आइओएम जनस्वास्थ्य केन्द्रीय विभाग महाराजगञ्जमा अध्ययनरत दाहालले मास्टर इन […]
अनारमनीका विद्यार्थीलाई विद्यालय पोशाक
बिर्तामोड, जेठ २९ । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ४ स्थित अनारमनी आधारभूत विद्यालयका विद्यार्थीलाई पोशाक वितरण गरिएको छ । नगरप्रमुख पवित्रा महतारा प्रसाईंले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यशोदा चापागाईं र प्रधानाध्यापक टंक कटुवाललाई १४५ […]