Category: 'हाम्रो झापा'
मोटरसाइकलमा ब्राउन सुगर ल्याउने मेचीनगरका लामिछाने पक्राउ
बिर्तामोड, असार २० । प्रहरीले झापाको मेचीनगरबाट लागुऔषध ब्राउन सुगर र मोटरसाइकलसहित एकजना युवालाई नियन्त्रणमा लिएको जनाएको छ । हिजो राति ९ बजे भारतको सीमावर्ती बजार पानीट्याङ्कीबाट काँकरभिट्टातर्फ आउँदै गरेका मेचीनगर-१४ धाइजन गोलबारी बस्ने २६ […]
व्यवसायी सदस्य राहत कोषको कार्यविधि सार्वजनिक
बिर्तामोड, असार २० । बिर्तामोड उद्योग वाणिज्य संघले आफ्ना सदस्य व्यवसायीहरूलाई आर्थिक सहयोग उपलब्ध गराउने उद्देश्यले स्थापना गरेको ‘व्यवसायी सदस्य राहत कोष’ को कार्यविधि सार्वजनिक गरेको छ । एक करोड रुपैयाँको अक्षयकोष स्थापना गर्ने लक्ष्य […]
बिर्तामोडको रेड स्टार एफसीको अध्यक्षमा राउत
बिर्तामोड, असार १९ । झापा बिर्तामोडको सफल क्लब रेड स्टार फुटबल क्लबको अध्यक्षमा देवेन्द्र राउत निर्वाचित भएका छन् । आज बिर्तामोडमा भएको दोस्रो अधिवेशनले राउतलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । क्लबको वरिष्ठ उपाध्यक्षमा लबकुमार […]
बिर्तामोडमा विद्यालय जान नसक्ने बालबालिकालाई घरमै शिक्षक
बिर्तामोड, असार १९ । शारीरिक अशक्तताका कारण विद्यालयको पहुँचबाट टाढा रहेका बालबालिकालाई शिक्षा पहुँच सुनिश्चित गर्न बिर्तामोड नगरपालिकाले घरमा आधारित शिक्षा कार्यक्रम सञ्चालन गरेको छ । बैशाख १२ गतेदेखि सुरु ‘घरमा आधारित शिक्षा कार्यक्रम’ मार्फत […]
बिर्तामोड-७ मा ‘एक घर एक बत्ती’, रोकिएन हात्तीको आक्रमण
बिर्तामोड, असार १९ । सात महिनाअघि झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ७ मा ’एक घर एक बत्ती अभियान’ सुरुवात भयो । तर, त्यसबीचमा हात्तीको आक्रमण भने रोकिएको छैन । जंगली हात्ती प्रभावित यस वडामा स्थानीयलाई […]
शिवसताक्षी घटनाः साथीभाइको दुश्मनीले दुईजनाको मृत्यु, छजना पक्राउ
बिर्तामोड, असार १९ । झापाको शिवसताक्षीमा कुटपिटबाट घाइते भएका अर्का एकजना किशोरको पनि उपचारको क्रममा मृत्यु भएको छ । कुटाइ खाने दुईजनाकै मृत्यु भएको हो । यसअघि शिवसताक्षी-९ का १९ वर्षीय रोमन थापाको असार १४ […]
बिर्तामोडमा हात्ती आक्रमणबाट लिम्बूको मृत्यु
बिर्तामोड, असार १९ । झापाको बिर्तामोडमा जंगली हात्तीको आक्रमणबाट एकजना मानिसको मृत्यु भएको छ । हात्तीको आक्रमणबाट बिर्तामोड ७ का ५९ वर्षीय लोकप्रसाद लिम्बूको मृत्यु भएको हो । आज बिहान शौचालय जान उठेका फक्ताङलुङ टोलका […]
झापाका ४७१ अव्यवस्थित बसोबासीलाई धनीपुर्जा दिइने
बिर्तामोड, असार १८ । जग्गा भएर पनि दर्ता प्रमाणपत्र नभएका झापाका ४७१ अव्यवस्थित बसोबासीलाई धनीपुर्जा वितरणको तयारी सुरु गरिएको छ । मदन अधिकारीको अध्यक्षतामा गठन भएको भूमि समस्या समाधान आयोग झापाले पहिलोपटक विभिन्न पालिकाका ४७१ […]
कचनकवलबाट कोकिनसहित दुई भारतीय पक्राउ
बिर्तामोड, असार १८ । प्रहरीले भारतीय सीमावर्ती कचनकवल गाउँपालिकाबाट कोकिनसहित दुईजना भारतीय युवालाई पक्राउ गरेको जनाएको छ । उनीहरुको साथबाट चोरी गरेर लुकाएको तीन हर्स पावरको पानी तान्ने मोटर पनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय […]


