Category: 'हाम्रो झापा'

बिर्तामोडका जोशीको दुबईमा मृत्यु
बिर्तामोड, कात्तिक ३० । वैदेशिक रोजगारीमा गएका झापा बिर्तामोड-२ का श्रवण जोशीको दुबईमा मृत्यु भएको छ । गत कात्तिक २१ गते ४५ वर्षको उमेरमा जोशीको मृत्यु भएको जनाइएको छ । उनको सुतेकै ठाउँमा मृत्यु भएको […]
कचनकवलमा धानको कुन्यूमा आगजनी
बिर्तामोड, कात्तिक ३० । झापाको कचनकवल-५ पाठामारी डाँगाबारीमा धानबालीमा आगजनी भएको प्रहरीले जानकारी दिएको छ । स्थानीय मितु मियाको करिब एक बिघा खेतको धानमा नचिनेको मान्छेले राति करिब १ बजे आगजनी गरेका हुन् । भद्रपुर […]
मलद्वारमा ब्राउनसुगर ल्याउने चारजना पक्राउ
मेचीनगर, कात्तिक ३० । झापाको काँकरभिट्टा हुँदै मलद्वारमा ब्राउन सुगर लुकाएर ल्याउने कारोबारीलाई शिकारी कुकुरको सहयोगमा सशस्त्र प्रहरीले पक्राउ गरेको छ । सशस्त्र प्रहरीले चारजना कारोबारीलाई हिजो पक्राउ गरेको हो । हिजो बिहान १०ः३० बजे […]
धुलाबारीको निन्दा खोलानजिकै घारीमा नवजात शिशु भेटियो
मेचीनगर, कात्तिक २९ । झापा मेचीनगरको निन्दा खोलानजिकै घारीमा सालनालसहितको कमिलाले टोकिरहेको रक्ताम्य अवस्थामा नवजात शिशु भेटिएको छ । आज बिहान अन्दाजी ६ः३० बजे मेचीनगर १० स्थित निन्दा खोलानजिकै घारीमा सालनालसहितको नांगै जीवित नवजात शिशु […]
झापामा अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम गरिने
बिर्तामोड, कात्तिक २९ । झापामा २३ हजार ९८८ जना अपाङ्गता भएका व्यक्तिहरु रहेको करुणा फाउन्डेसनले जनाएको छ । राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कअनुसार झापामा उनीहरुको संख्या निकालिएको हो । उनीहरुलाई लक्षित गर्दै झापामा अपाङ्गता रोकथाम […]
अर्जुनधारामा अवैध उत्खनन गर्ने नौवटा ट्याक्टर नियन्त्रणमा
बिर्तामोड, कात्तिक २९ । झापाको अर्जुनधारामा अवैध उत्खनन गरिरहेको अवस्थामा प्रहरीले ९ वटा ट्याक्टर नियन्त्रणमा लिएको छ । स्थानीय बिरिङ खोलामा अवैध उत्खनन गरिरहेको अवस्थामा ती ट्याक्टर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रारम्भिक वातावरणीय […]
बिर्तामोडको होटलमा भारतीय नागरिक भूजेलको ओछ्यानमै मृत्यु
बिर्तामोड, कात्तिक २९ । झापाको बिर्तामोडमा आँखाको उपचार गर्नको लागि भारतबाट आएका एकजना भारतीय नागरिकको होटलमा सुतेको अवस्थामा मृत्यु भएको छ । बिर्तामोड–३ सैनिकमोडमा रहेको बलराम खनालले सञ्चालन गरेको आसाम भवन एन्ड लजमा भारत सोनिकपुरका […]
साना मझौला व्यवसायी साकोसको वासलात पौने ३८ करोड
बिर्तामोड, कात्तिक २९ । बिर्तामोडमा मुख्य कार्यालय रहेको साना मझौला व्यवसायी बचत तथा ऋण सहकारी संस्थाको वासलात ३७ करोड ६१ लाख ५२ हजार २४ रूपैयाँ पुगेको छ । संस्थाको १४ औँ वार्षिक साधारणसभाको अवसरमा अध्यक्ष […]
दमकमा जिपको ठक्करबाट श्रेष्ठ गम्भीर घाइते
दमक कात्तिक २९ । झापाको दमकमा बोलेरो जिपको ठक्करबाट एकजना किशोर गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ । आज बिहान ५ः४५ बजे दमक–४ चिया दोकानमा जिपको ठक्करबाट दमक–९ बस्ने १७ वर्षीय प्रज्ज्वल श्रेष्ठ गम्भीर […]