Category: 'हाम्रो झापा'
बिर्तामोडमा गाँजासहित दुई भारतीय पक्राउ
बिर्तामोड, चैत ३० । प्रहरीले झापाको बिर्तामोडमा लागुऔषधसहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बेंगलोर कनाटाकास इजिपुरा बस्ने ३७ वर्षीया सनम सेख र नागावार बस्ने ५१ वर्षीय इब्राहिम केथाड्थ रहेका छन् […]
बाह्रदशीमा मावल गएका बालकको पोखरीमा डुबेर मृत्यु
बिर्तामोड, चैत ३०। झापाको बाह्रदशीमा मावल गएका एकजना बालकको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा अर्जुनधारा-३ का लोकबहादुर तामाङका छोरा ९ वर्षीय कृष्ण तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ […]
बिर्तामोडको सहकारीको रकम हिनामिना गर्ने कर्मचारी जेल चलान
बिर्तामोड, चैत २९ । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको एक सहकारी संस्थाको ३ करोडभन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका सहकारीका कर्मचारी जेल चलान भएका छन् । ३ करोड ३५ लाख ४०० रुपैयाँ हिनामिना […]
दुर्गा प्रसाई भारतमा पक्राउ
बिर्तामोड, चैत २८ । तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ परेका छन्। भारतको आसाम राज्यमा उनी पक्राउ परेका हुन्। प्रहरी स्रोतका अनुसार, उनलाई काँकडभिट्टा नाका हुँदै नेपाल ल्याइँदै छ। उनी प्रहरीको सम्पर्कमा पुगेको […]
अर्जुनधारामा खुला साइक्लिङ च्यालेन्ज हुने
बिर्तामोड, चैत २८ । झापाको अर्जुनधारामा प्रथम अर्जुनधारा साइक्लिङ च्यालेन्ज २०८२ हुने भएको छ । कप्तानबारी युवा परिवारको आयोजनामा हुने प्रतियोगिता दुई विधामा सञ्चालन गरिनेछ । यही बैशाख ६ गते हुने प्रतियोगितामा झापा जिल्लाका खेलाडीलाई […]
झापा फुटबल क्लबको लगातार जित, उक्लियो पाँचौँ स्थानमा
बिर्तामोड, चैत २७ । सहिद स्मारक बि डिभिजन लिगमा बिर्तामोडको झापा फुटबल क्लब विजयी भएको छ । जारी लिगमा झापाको यो लगातार दोस्रो जित हो । झापाले पाँचौँ चरणको खेलमा रानी पोखरी कर्नर टिम (आरसीटी) […]
पूर्वमा बिहानैदेखि मेघगर्जसहित वर्षा, भोलि पनि पानी पर्ने
बिर्तामोड, चैत २८ । पूर्वी नेपालको झापासहित तराई र पहाडी क्षेत्रमा मेघगर्जनसहित एकाबिहानैदेखि वर्षा भइरहेको छ । पानी पर्ने क्रम आज र भोलि पनि जारी रहने अनुमान गरिएको छ । हाल देशमा न्यूनचापीय प्रणाली र […]
अर्जुनधाराको मकैबारीमा शव भेटियो, एकजना पक्राउ
बिर्तामोड, चैत २७ । झापाको अर्जुनधारा-११ मा मकैबारीमा एकजना पुरुषको शव भेटिएको छ । शवको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । मागी खाएर हिँड्ने अन्दाजी ४०–४२ वर्षका पहाडे मूलका पुरुषको शव आज बिहान भेटिएको […]
गौरादहमा चट्याङ लागेर पाँचथरका लावतीको मृत्यु
बिर्तामोड, चैत २७ । झापाको गौरादहमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । आज बिहान पानीसँगै आएको परेको चट्याङ लागेर दुधकुमार लावतीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार चट्याङ लागेर गौरादह-५ बालुबथनमा […]



