Category: 'हाम्रो झापा'

लायन्स बिर्तामोड स्मार्ट लेडीद्वारा वृक्षरोपण
बिर्तामोड, साउन १ । लायन्स क्लब अफ बिर्तामोड स्मार्ट लेडीले झापाको अर्जुनधारामा वृक्षरोपण गरेको छ । क्लबको वृक्षरोपण कार्यक्रमअन्तर्गत अर्जुनधाराको सप्तश्री गुरुकुल सत्यधाममा आज सुपारी, लिच्ची, आँप लगायतका फलफूलका बिरुवा रोपिएको हो । अनादिकालदेखि नै […]
साउने सङ्क्रान्ति पर्व मनाइँदै
बिर्तामोड, साउन १ । आज साउने सङ्क्रान्ति पर्व स्नान, दान र धार्मिक कर्म गरेर मनाइँदैछ । साउनदेखि सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन पनि सुरु हुन्छ । सौरमास अनुसार साउन १ गतेदेखि सूर्यले मिथुन […]
डि कौडिन्य पत्रकारिता पुरस्कार रेग्मी र लामालाई
बिर्तामोड, साउन १ । यो वर्षको डि कौडिन्य पत्रकारिता पुरस्कार पत्रकारद्वय झुलन रेग्मी र डिकेश लामालाई संयुक्त प्रदान गरिने भएको छ । जनपक्षीय पत्रकार देवकुमार आचार्य (डि कौडिन्य) को स्मृतिमा प्रेस सेन्टर नेपाल झापाले स्थापना […]
ब्राउनसुगरसहित बिर्तामोडका दुईजना पक्राउ
बिर्तामोड, साउन १ । झापाको भद्रपुरबाट हिजो दिउँसो प्रहरीले लागुऔषध ब्राउनसुगरसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमध्ये झापा बिर्तामोड नगरपालिका ३ का १९ वर्षीय विवेक खड्का र २१ वर्षीय सरोज चौधरी रहेका छन् । […]
मेचीनगरले रोक्यो ९० वटा बिलको भुक्तानी
मेचीनगर, साउन १ । मेचीनगर नगरपालिकाले आफ्नो खातामा पैसा हुँदाहुँदै ९० वटा बिलको भुक्तानी रोकेको छ । आर्थिक वर्ष २०८०/०८१ मा कार्य सम्पन्न भएका स्थानीय परियोजनाको प्रक्रियाबमोजिम बिल स्वीकृत भए पनि अन्तिममा आएर लेखा शाखाले […]
बस र मोटरसाइकल ठक्कर खाँदा एकजनाको मृत्यु
बिर्तामोड, असार ३१ । झापाको कनकाईमा बस र मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । कनकाई नगरपालिका वडा नम्बर २ सुरुङ्गा पूर्वपश्चिम राजमार्गमा आज (सोमबार ) साँझ ७ बजे पश्चिमबाट पूर्व […]
हल्दिबारीमा कृषक र उद्यमीलाई १५ लाखको सामग्री वितरण
हल्दिबारी, असार ३१। झापाको हल्दिबारी गाउँपालिकाले कृषक तथा उद्यमी महिलाहरुलाई १५ लाख बराबरको सामग्री वितरण गरेको छ । गाउँपालिकाले आज एक कार्यक्रमका बीच पाँचवटै वडाबाट छनोट भएका २०१ जना कृषकलाई विद्युतीय स्प्रे र १७५ जना […]
सहारा नेपालले अढाइ लाख आँपका बिरुवा वितरण गर्ने
बिर्तामोड, असार ३१ । झापा बिर्तामोडको पुरानो तथा क्रियाशील गैरसरकारी संस्था सहारा नेपालले दुई लाख ५० हजारवटा आँपका बिरुवा वितरण गर्ने भएको छ । कार्बन उत्सर्जन न्यूनीकरण परियोजनाअन्तर्गत आँपको व्यावसायिक खेतीका लागि तीनवटा प्रदेशमा सहारा […]
एक्सेल बैंकको नाफा ५ करोड १२ लाख
बिर्तामोड, असार ३१ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले यो आर्थिक वर्षमा ५ करोड १२ लाख २१ हजार ६२१ रुपैयाँ खुद नाफा गरेको छ । बैंकको अठारौँ वार्षिक साधारणसभाको अवसरमा सञ्चालक समितिका अध्यक्ष महेन्द्रकुमार गोयलले प्रस्तुत […]