Category: 'हाम्रो झापा'

घाँस झार्न रुखमा चढेका कनकाईका राईको लडेर मृत्यु
बिर्तामोड, चैत २७ । झापाको कनकाईमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाई नगरपालिका-२ का ५२ वर्षीय चेतबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । कनकाई-२ स्थित सुकेडाँगीमा आइतबार […]
बिर्तामोडकी इशा नेपाल आइडलको टप १६ मा
बिर्तामोड, चैत २६ । झापा बिर्तामोडकी इशा सुवेदी नेपाल आइडल सिजन ५ को टप १६ मा प्रवेश गरेकी छन् । इशा एपीवान टेलिभिजनमार्फत प्रशारण भइरहेको नेपाल आइडलको टप १६ मा प्रवेश गरेकी हुन् । बिर्तामोडको […]
बुधबारेमा आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिता हुने
बिर्तामोड, चैत २६ । झापाको बुद्वशान्तिमा एक दशकपछि तेस्रो आदर्श च्यालेनज कप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । आदर्श युवा क्लबको आयोजनामा हुने प्रतियोगिता बैशाख १५ गतेदेखि हुने आयोजकले जनाएको छ । नेपाल र […]
युवा उद्यमी मञ्च झापाद्वारा आगलागीपीडितलाई राहत सामग्री वितरण
बिर्तामोड, चैत २६ । झापाको अर्जुनधारा ११ स्थित बसपार्कछेउमा भएको आगलागीबाट घरबारविहीन भएका दुई परिवारलाई नेपाली युवा उद्यमी मञ्च झापाले राहत सामग्री उपलब्ध गराएको छ । तीन दिनअघि बसपार्कछेउको सुकुम्बासीबस्तीमा आगलागी हुँदा कालु महोम्मद र […]
कुवेतमा श्रम शोषणमा परेकी मेचीनगरकी सपनाको उद्धारका लागि आग्रह
मेचीनगर, चैत २६ । वैदेशिक रोजगारीका लागि कुवेत गएकी झापाको मेचीनगर–८ की २८ वर्षीया सपना ठटालले आफूलाई रोजगारदाताले बन्धक बनाएर श्रम शोषण गरिरहेको जनाउँदै उद्धारका लागि आग्रह गरेकी छन् । काठमाडौँका नारायण थापा नामका एजेन्टले […]
दमकमा मोटरसाइकल दुर्घटनामा दुई घाइते
बिर्तामोड, चैत २६ । झापाको दमकमा मोटरसाइकल दुर्घटनामा परेर दुईजना घाइते भएका छन् । हिजो राति ९ः३० बजेको समयमा दमक–१ भाङबारीस्थित भित्री सडकखण्डमा बेलडाँगीबाट दमकतर्फ आउँदै गरेको प्रदेश १–०१–०१६ प २५६१ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित […]
छात्रामाथि कुटपिट गर्ने मंगलमय माविका प्रधानाध्यापक बगाले निलम्बित
बिर्तामोड, चैत २६ । फेसबुकमा कमेन्ट गरेको निहुँमा विद्यार्थीलाई मरणासन्न हुनेगरी कुटपिट गर्ने झापाको कमल गाउँपालिका–५ पाडाजुँगीस्थित मंगलमय माध्यमिक विद्यालयका प्रधानाध्यापक मोहनकुमार बगाले निलम्बनमा परेका छन् । एक साताअघि कक्षा ११ मा अध्ययनरत छात्रा निर्जला […]
विज्ञ लिएर किसानका गोठगोठमा सहारा नेपालको टोली
बिर्तामोड, चैत २५ । सहारा नेपाल साकोसले किसानका गोठगोठमा पुगेर नेदरल्यान्डबाट आएका पशुविज्ञसहितको सेवा सम्पन्न गरेको छ । झापाको बिर्तामोड, अर्जुनधारा, मेचीनगर बुद्धशान्ति, शिवसताक्षी र कनकाईका किसानका गोठगोठमा पुगेर पशुमा देखिएका समस्याका विषयमा अन्तरक्रिया एवम […]
इस्ट टुरिजम मार्टको चौथो संस्करण बैशाख अन्तिममा
बिर्तामोड, चैत २५ । इस्ट टुरिजम मार्टको चौथो संस्करण यही बैशाख २८ गतेदेखि ३१ गतेसम्म हुने भएको छ । झापाको दमकमा भएको प्रारम्भिक बैठकले कार्यक्रमका लागि भवेस श्रेष्ठको संयोजकत्वमा २१ सदस्यीय समिति समेत गठन गरेको […]