Category: 'हाम्रो झापा'
नयाँ सृष्टि पुनर्स्थापना केन्द्रका सञ्चालकद्वारा गल्ती स्वीकार
बिर्तामोड, भदौ १५ । झापाको बिर्ताबजारस्थित नयाँ सृष्टि पुनर्स्थापना केन्द्रका सञ्चालक आकाश खड्काले कुटपिट गरेको घटनाले नयाँ मोड लिएपछि उनले गल्ती स्वीकार गरेका छन् । उनले गल्ती स्वीकारसँगै घाइतेको औषधि उपचार गरिदिने भएका हुन् । […]
उत्कृष्ट तीनजनालाई स्वर्गीय प्रमोद तामाङ स्मृति सम्मान
बिर्तामोड, भदौ १५ । दिवङ्गत राष्ट्रसेवक प्रमोद तामाङको स्मृतिमा स्थापित प्रमोद तामाङ स्मृति सुशासन पत्रकारिता पुरस्कारबाट प्रेस चौतारी नेपाल झापाका अध्यक्ष मनकुमार गदाल सम्मानित भएका छन् । त्यस्तै, नेपाल निजामती कर्मचारी संगठन झापा तथा राष्ट्रसेवक […]
झापामा मिटर ब्याजसम्बन्धी ९८ उजुरी
बिर्तामोड, भदौ १५ । झापामा अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धी जाँचबुझ आयोगद्वारा निवेदन माग भएपछि ९८ उजुरी दर्ता भएका छन् । जिल्ला प्रशासन कार्यालय झापामा दर्ता भएका उक्त उजुरीहरुमध्ये एउटामा सहमति र दुईवटा उजुरी फिर्ता […]
भिडियो कल गरेर झुन्डिए अर्जुनधाराका एक महिला र पुरुष
बिर्तामोड, भदौ १४ । झापाको अर्जुनधारामा एक महिलाले आत्महत्या गरेको ३ घण्टा नबित्दै छिमेकी पुरुषले आत्महत्या गरेका छन् । महिलाले भिडियो कल गरेर आत्महत्या गरेको केही समयपछि पुरुषले पनि आत्महत्या गरेका हुन् । अर्जुनधार–६ लक्ष्मीटोलकी […]
बिर्तामोडमा ‘बिर्तामोड पब्लिक लाइब्रेरी’ को उद्घाटन
बिर्तामोड, भदौ १४ । झापाको बिर्तामोड पहिलो सामुदायिक पुस्तकालयका रुपमा बिर्तामोड पब्लिक लाइब्रेरीको उद्घाटन भएको छ । बिर्तामोड पश्चिम बसस्ट्यान्ड दक्षिण रिभर साइडको कार्यालयसँगै सञ्चालनमा आएको पुस्तकालयको बिर्तामोडका नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले उद्घाटन आज उद्घाटन […]
सर्यो प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको मिति
भद्रपुर, भदौ १४ । यही भदौ २९ गतेदेखि ३१ गतेसम्म झापाको भद्रपुरमा हुने भनिएको कोशी प्रदेशस्तरीय पुरुष खुला तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिताको मिति परिवर्तन भएको छ । आयोजक झापा जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष दिपेश ढकालका […]
सरगम संगीतालयले ल्यायो ‘आयो तीज रंगियो गाउँबेँसी’
बिर्तामोड, भदौ १३ । झापाको बिर्तामोडमा रहेको सरगम संगीतालयले मौलिक भाका र नृत्यसहितको तीज गीत ‘आयो तीज रंगियो गाउँबेँसी’ सार्वजनिक गरेको छ । वर्तमान नेपाली परिवेशलाई गीतमा चित्रण गर्दै नेपाली मौलिकतालाई प्राथमिकता दिइएको गीतको रचना, […]
कुवेतमा अलपत्र बिर्तामोडकी बेगम नेपाल फर्किने
बिर्तामोड, भदौ १३ । कुवेतमा अलपत्र परेकी झापा बिर्तामोड १ की ४१ वर्षीया फातमा बेगमको उद्धार हुने भएको छ । डेढ महिनाअघि घरेलु कामदारको रुपमा कुवेत गएकी बेगमलाई काम लगाउने मालिकले घरबाट निकालिदिएपछि उनी अलपत्र […]
आरोपी राजवंशी लंका होटलका सञ्चालक नभएको पोखरेलको भनाइ
बिर्तामोड, भदौ १३ । झापा अर्जुनधाराको लंका होटल सञ्चालकले ‘बलात्कार मुद्दामा लंका होटलका सञ्चालक राजवंशी पक्राउ’ भनेर गरिएको प्रचारप्रति आपत्ति जनाएका छन् । सञ्चालकमध्येका एकजना गोपाल पोखरेलले विज्ञप्ति जारी गर्दै अर्कै व्यक्तिलाई बलात्कारजस्तो जघन्य अपराधमा […]




